मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पदभार ग्रहण गर्दै प्रदीप उदयले भने-'चलचित्र घर कसरी चोर हो ?'

फिल्मीखबर, काठमाण्डौ, 2017/04/20
दुई महिनाअगाडी हेटौंडामा भएको नेपाल चलिचत्र संघको ४२ औँ साधारण सभाबाट सर्वसम्मत अध्यक्षमा चयन भएका निर्माता प्रदीप उदयले बिहीवार पदभार ग्रहण गरेका छन् । संघको कार्यालय विशालनगरमा आयोजना भएको एक समारोहका बीच निवर्तमान अध्यक्ष नकिम उद्दिनबाट पद तथा गोपनियताको शपथ खाँदै प्रदीप उदयले आफ्नो पदभार ग्रहण गरेका हुन् ।
 
पदभार ग्रहण गरेपछि प्रदप उदयले आफ्नो कार्यकालमा चलचित्र उद्योगलाई व्यवसायिक, मर्यादित र सम्मानित बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने, 'नेपाली चलचित्रसँग आबद्ध सम्पूर्ण संघ संस्थाहरुसँग मिलेर नेपाली चलचित्रक्षेत्रलाई मर्यादित बनाउनतर्फ मेरो पहल कदमी रहनेछ । हामीले एकअर्काको अस्तित्व स्वीकार गर्न नसकेकै कारण चलचित्र क्षेत्र माथी उठ्न नसकेको हो ।' 
 
 
बक्सअफिस पनि अस्तित्व स्वीकार गर्न नसकेकै कारण लागु हुन नसकेको उदयको भनाई थियो । उनले थपे, 'हामी बक्सअफिस लागु हुनु पर्छ भन्नेमै छौं तर जबसम्म चलचित्र घरलाई चोरको संज्ञा दिइन्छ तबसम्म हामीहरु बक्सअफिसको विरोध गरिरहन्छौं ।' 
 
उनले अहिले नेपाली चलचित्रमा बढ्दै गएको आर्कषण र लगानी उपलब्धिमूलक बन्ने पनि बताए । नेपालभरि रहेका फिल्म हल संञ्चालकहरुको छाता संगठनका रुपमा चिनिने नेपाल चलचित्र संघ फिल्म क्षेत्रकै सबै भन्दा पूरानो संस्था हो । यो संस्था २०१३ सालमा स्थापना भएको हो ।