मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

'बाहुबली-२' सँगै रिलिज हुनेछ प्रभाषको नयाँ फिल्मको टीजर

एजेन्सी, मुम्बई, 2017/04/21
आफ्नो फिल्म ‘बाहुबली-२ : द कन्क्लूजन’ को रिलिजलाई लिएर तिव्र प्रतिक्षामा रहेको अभिनेता प्रभाष नयाँ फिल्ममा पनि मारपिट गर्दै गरेको देखिनेछन् । फिल्मको नाम भने अहिलेसम्म तय भैसकेको छैन । 
फिल्मका निर्देशक सुजीतका अनुसार, फिल्मको बजेट एक ठूलो हिस्सा एक्सन दृश्यका लागि खर्च गरिनेछ । सुजीतले भनिन्, “जुन अनुपातमा यो बनाइने छ, त्यसमा केही असाधारण एक्सन दृश्यमाथी ठूलो हिस्सा खर्च हुनेछ तर यो व्यावसायिक फिल्म हुनेछ । हामी केही नयाँ गर्ने प्रयास गरिरहेका छौं ।”
 
फिल्मका निर्माता एक्सनको एक दृश्यमाथी मात्र ३५ करोड खर्च गरिरहेका छन् ।  सिनेमा घरमाहरु दर्शकले  ‘बाहुबली-२ : द कन्क्लूजन’ मा यो फिल्मको टीजर हेर्न पाउनेछन् ।