Most Recent News Headlines
Results : 14101 - 14106 of 23748

एजेन्सी, मुम्बई, 2016-10-16, आईतवार
करण जोहरको फिल्म 'ए दिल है मुश्किल'मा लिड अभिनयमा रहेको भनेर प्रचार गरिए पनि अभिनेत्री ऐश्वर्या रायको ठुलो अभिनय नरहेको बलिउड मिडियाले लेखेका छन् । उक्त फिल्ममा ऐश्वर्याको जम्मा २० मिनेटको भुमिका रहेको वलिउड हंगामाले लेखेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-10-16, आईतवार
प्रदर्शनको छैटौं हप्तामा प्रवेश गरेको फिल्म 'छक्का पञ्जा'ले नेपाली वक्सअफिसका सबैजसो किर्तिमान ब्रेक गरेको छ । फिल्मले ३७ दिनको प्रदर्शन पार गर्दैगर्दा झण्डै १३ करोड आसपासको कलेक्शन गरेको छ । यो कलेक्शन आजका दिनसम्म कुनै पनि नेपाली फिल्मको भन्दा बढि हो ।

फिल्मीखबर, काठमाडौं, 2016-10-15, शनिवार
पछिल्लो समय विकासको हिसाबले निकै अघि आइसकेको देश 'युएई' (संयुक्त अरब ईमिरेट्स) मा अब नियमित रुपमा नेपाली फिल्म प्रदर्शन हुने भएको छ । त्यहाँ स्थित स्थानिय हलमा अब एकै सरभरबाट नौ शहरमा एकसाथ नेपाली फिल्म प्रदर्शनमा आउने पक्का भएको त्यहाँ स्थित नेपाल पत्रकार महासंघ अध्यक्ष त्रिलोचन कोईरालाबाट प्राप्त समाचारमा उल्लेख छ ।

फिल्मीखबर, काठमाडौं, 2016-10-15, शनिवार
सय वर्ष पहिलाका पुस्ताको कथालाई प्रस्तुत गरिएको फिल्म ‘पुरानो पुस्ता’ प्रदर्शनका लागि तयार भएको छ । फ्लोरिना फिल्मस् प्रालिको प्रस्तुतिमा तयार भएको भएको फिल्ममा दीप सागरको निर्देशन छ ।

फिल्मीखबर, काठमाडौं, 2016-10-14, शुक्रवार
अभिनेता दयाहाङ राई अभिनित फिल्म 'ह्वाईट सन'को ट्रेलर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ट्रेलर १ मिनेट ५९ सेकेण्ड लामो छ ।

एजेन्सी, मुम्बई, 2016-10-14, शुक्रवार
पछिल्लो फिल्म 'बाजिराव मस्तानी' बाट शाहरुख खानलाई पछार्दै हिट बनेका स्टार अभिनेता रणविर सिंह स्टारर फिल्म 'बेफिक्रे'को ट्रेलरले नै रेकर्ड कायम गरेको छ । ट्रेलरले तीन दिनमा मात्रै १ करोड ६५ लाख बढिको युट्युव भ्यूअर्स रेकर्ड राखेको हो ।
Most Visited News (monthly)

