मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'फाटेको जुत्ता' को मुहूर्त, सौगातले जोडी पाए प्रियंका

फिल्मीखबर, काठमाण्डौ, 2017/05/18
गएको बर्ष रिलिज भएको फिल्म 'चपली हाईट २' का निर्माता अर्जुन कुमारको लगानीमा निर्माण हुन लागेको फिल्म 'फाटेको जुत्ता' को बिहीवार ललितपूरको कार्यविनायक मन्दिरमा शुभसाइत गरिएको छ । सौगात मल्ल र प्रियंका कार्कीको मुख्य भूमिका रहने यो फिल्मलाई निकेश खड्काले निर्देशन गर्नेछन् । 
 
सौगात र प्रियंकाका अलावा फिल्ममा वुद्धि तामाङ, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । फिल्मको मुहूर्त समारोहमा प्रियंका र सौगात उपस्थित थिए । कात्तिक १७ गतेलाई रिलिज मिति समेत लक गरिएको यो फिल्मको एक महिनासम्म छायांकन चल्नेछ । 
 
फिल्मको मुहूर्त कार्यक्रममा बोल्दै नायक सौगात मल्लले आफूलाई मनपर्ने कलाकारहरुसँग 'फाटेको जुत्ता' मा काम गर्न पाउँदा निकै उत्साहित भएको बताए । त्यस्तै, नायिका प्रियंका कार्कीले पहिलो पटक विल्कुलै नयाँ कथामा काम गर्न लागेका कारण खुशी महशुस गरिरहेको बताइन् । यसअघि प्रियंका र सौगातले 'षडङग', 'फन्को', 'श्री ५ अम्बरे' फिल्ममा एकसाथ काम गरेका थिए ।