Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपिकाले हटाइन् रणबीरको नामको ट्याटू

एजेन्सी, मुम्बई, 2017/05/18
दीपिका पादुकोण हालैमा कान फिल्म फेस्टिवलमा आफ्नो डेब्यूलाई लिएर चर्चामा छिन् । योसँगै उनको लभ लाइफसँग जोडिएको एक खबर पनि बाहिर आएको छ । खासमा यो खबर रणवीर सिंहसँग होइन, रणबीर कपूरसँग जोडिएको छ । 
 
दीपिका पादुकोणले हालैमा बंगलादेशको एक साबुनको विज्ञापन गरिन् । उनको तश्वीर जसरी लिइएको छ, त्यसबाट एक हैरान गर्ने खबर अगाडि आएको छ । खासमा, यो तश्वीरमा दीपिकाको गर्धनको पछाडि बनेको ट्याटू देखिएको छैन्, जहाँ उनले रणबीर कपूरको नाम खोपेकी थिइन् । 
 
दीपिकाको गर्धनमा बनेको ट्याटूमा अग्रेजीबाट आर.के. (RK) लेखिएको थियो । यो त्यसबेला बनाइएको थियो, जब उनी र रणबीर कपूर अफेयरमा थिए । यी दुई प्राय सधै साथ साथ नै हुन्थे र एकअर्काको प्रेममा पूरै डुवेका हुन्थे । तर, फेरी 'अजब प्रेम की गजब कहानी' को छायांकनको बखत रणबीर कपूर आफ्नो कोस्टार कटरीना कैफको नजिक हुन थाले र  दीपिकाको प्यारको निशानी अर्थात यो ट्याटू आर.के (RK) को पनि रणबीरले कदर गरेनन् ।
 
Most Visited News (monthly)