दीपिका पादुकोण हालैमा कान फिल्म फेस्टिवलमा आफ्नो डेब्यूलाई लिएर चर्चामा छिन् । योसँगै उनको लभ लाइफसँग जोडिएको एक खबर पनि बाहिर आएको छ । खासमा यो खबर रणवीर सिंहसँग होइन, रणबीर कपूरसँग जोडिएको छ ।
दीपिका पादुकोणले हालैमा बंगलादेशको एक साबुनको विज्ञापन गरिन् । उनको तश्वीर जसरी लिइएको छ, त्यसबाट एक हैरान गर्ने खबर अगाडि आएको छ । खासमा, यो तश्वीरमा दीपिकाको गर्धनको पछाडि बनेको ट्याटू देखिएको छैन्, जहाँ उनले रणबीर कपूरको नाम खोपेकी थिइन् ।
दीपिकाको गर्धनमा बनेको ट्याटूमा अग्रेजीबाट आर.के. (RK) लेखिएको थियो । यो त्यसबेला बनाइएको थियो, जब उनी र रणबीर कपूर अफेयरमा थिए । यी दुई प्राय सधै साथ साथ नै हुन्थे र एकअर्काको प्रेममा पूरै डुवेका हुन्थे । तर, फेरी 'अजब प्रेम की गजब कहानी' को छायांकनको बखत रणबीर कपूर आफ्नो कोस्टार कटरीना कैफको नजिक हुन थाले र दीपिकाको प्यारको निशानी अर्थात यो ट्याटू आर.के (RK) को पनि रणबीरले कदर गरेनन् ।