मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलीउड अभिनेत्री रीमा लागूको निधन

एजेन्सी, मुम्बई, 2017/05/18
'हम आपके कौन' जस्ता सयौं हिट फिल्ममा काम गरिसकेकी अभिनेत्री रीमा लागूको ५९ बर्षको उमेरमा बिहीवार निधन भएको छ । छातीमा दुखाई महशुस भएपछि मुम्बईको अम्बानी अस्प्तालमा भर्ना भएकी रीमाको गएराति १ बजे निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 
टेलिभिजनमा पनि निकै लोकप्रिय रीमा लागूले थुप्रै टेलिसिरियलमा अभिनय गरेकी थिइन् । ‘मैंने प्यार किया’, ‘आशिकी’ ‘साजन’, ‘हम आपके हैं कौन’, ‘वास्तव’, ‘हम साथ साथ हैं’ जस्ता फिल्ममा उनले उत्कृष्ट अभिनय गरेकी थिइन् । रीमा लागूले हिन्दीका अलावा मराठी फिल्ममा समेत काम गरेकी छिन् । उनले सलमान खानको धेरै फिल्ममा आमाको भूमिका पनि निर्वाहा गरेकी थिइन् ।