मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.20/5.00)
Text size:-
+
-

अनमोलको 'कृ' को क्लाइमेक्स खिच्न २० लाख खर्चिइयो

फिल्मीखबर, काठमाण्डौ, 2017/05/18
गएको बर्ष अनमोल केसीले 'कृ' का लागि २० लाख पारिश्रमिक लिएको खबरदेखि नै चर्चामा थियो यो फिल्म । नव-नायिका आदिती बुढाथोकीसँग पहिलो पटक स्क्रिन शेयर गर्न लागेका अनमोल यही फिल्मका लागि झण्डै एक बर्षदेखि आफ्नो लुक्स समेत बाहिर नआओस् भन्दै मिडियाको क्यामेराबाट बच्दै आइरहेका थिए । झण्डै ६ महिनासम्म गोप्य रुपमा वर्कसप भएपछि यो फिल्मको अहिले छायांकन भैरहेको छ । निर्माणपक्षले काठमाडौं बाहिरको कुन ठाउँमा 'कृ' को छायांकन भैरहेको छ भन्ने कुरा गोप्य राखेको छ । 
 
अहिले फिल्मको क्लाइमेक्स सिन धमाधम खिच्ने काम भैरहेको निर्माता सुवास गिरीले जानकारी दिए । उनका अनुसार, अझै ५ दिन क्लाइमेक्स खिच्न समय लाग्नेछ । फिल्मीखबर डटकमलाई 'कृ' को क्लाइमेक्स सुट गर्दैगर्दाका केही तश्वीर उपलब्ध भएका छन्, जुन हेर्दा निकै भव्य देखिन्छ । क्लाइमेक्सका लागि मात्र २० लाख बढी रकम लागेको श्रोत बताउँछ । निर्माता गिरी भन्छन्, 'अहिले नै फिल्मको विषयमा धेरै जानकारी दिन मिल्दैन । अहिले हामी 'कृ' को क्लाइमेक्स सुट गरिरहेका छौं । फिल्मको छायांकन सकिँदा दुई करोड बजेट भेट्ने अनुमान छ ।' 
 
 
सुवास गिरी र भूवन केसीको निर्माण रहेको यो फिल्मका सह-निर्माता श्री पराजुली हुन् । अहिले फिल्मको क्लाइमेक्सका लागि २५० केभी लाइट, ३ वटा क्यामेरा प्रयोग गरिएको छ । नेपालमा पहिलो पटक रेड ड्रागन, रेड इपिक र रेड म्याक्सले एकसाथ यो फिल्म खिचिएको छ । ४० प्रतिशत छायांकन सम्पन्न भैसकेको यो फिल्मको क्लाइमेक्स खिच्नका लागि १०० जनाको टिम १० दिनदेखि व्यस्त छन् ।
 
अनमोल र आदितीसँगै फिल्ममा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा रानाको पनि मुख्य भूमिका छ ।  चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् भने सुरेन्द्र पौडेलले निर्देशन गरिरहेका छन् ।