मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेमिकालाई ३० करोडको घर किन्दैछन् सलमान

एजेन्सी, मुम्बई, 2017/05/17
सलमान खान कसैलाई गिफ्ट गर्न कोहिँ भन्दा कम छैनन् चाहे त्यो घडी होस् वा घर । अब खबर बाहिर आएको छ कि सलमान खान आफ्नी गर्लफ्रेण्ड यूलिया वेन्तुरका लागि नयाँ घर किन्न खोज्दैछन् । सलमान खान यूलियाका लागि मुम्बईको बान्द्रा क्षेत्रमा ग्यालेक्सी अपार्टमेन्टको नजिक नै एक घर खोजी रहेका छन् । सलमान आफ्ना आमाबुबाको साथ ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आइरहेका छन् । सलमानले अहिलेसम्म धेरै फ्ल्याट हेरिसकेका छन् तर कुनै पनि फाइनल भने गरेका छैनन् । 
 
जुन ठाउँमा सलमान खान आफ्नी गर्लफ्रेण्डलाई फ्ल्याट हेरिरहेका छन्, त्यो मुम्बईको सबैभन्दा महंगो एसिया हो । यो क्षेत्रमा १५०० स्क्वेयर फीटको फ्ल्याटको मूल्य २५ देखि ३० को आसपासमा छ । हुनत, सलमान खानका लागि यो रकम ठूलो होइन अझ प्रेमिका यूलियाको लागि भएका कारण उनले यो खर्चलाई ठूलो मान्ने त कुरै भएन ।  
 
रोमानियाकी निवासी यूलियाको बढी जसो समय अहिले मुम्बईमा नै वित्ने गर्छ । सलमान खानसँग उनको सम्बन्धलाई लिएर मिडियामा धेरै खाल्का चर्चा नचलेका होइनन् तर यस विषयमा अहिलेसम्म उनीहरु चुप नै छन् ।