
वलिउड कलाकार राजपाल यादव यतिबेला नेपालमा छन् । मंगलबारबाट छायाँकन सुरु बएको फिल्म 'करोडपति'मा उनले अभिनय गर्नेछन् ।

पटक पटक रिलिजको चर्चापछि धकेलिँदै आएको कमेडियन विल्सन विक्रम राई स्टारर फिल्म 'रातो घर' को अन्तत: प्रदर्शन मिति तय भएको छ । निर्माण पक्षको जानकारी अनुसार फिल्म अर्को बर्षको जेठ १९ मा रिलिज हुनेछ ।

रेखा थापा स्टारर फिल्म 'पलाँस' रिलिजको संघारमा रहेको फिल्म 'पलाँस' युनिटले प्रचारलाई तिब्र पार्दैछ । चैत्र १८ मा रिलिज हुने फिल्मको चर्चा बढ्दै जाँदा निर्माण टिमले नयाँ गित रिलिज गरेको छ ।

बैशाख १५ लाई प्रदर्शन मिति तय गर्दै प्रचारमा उत्रिएको फिल्म 'बन्धन'को अफिसियल गीत रिलिज भएको छ । ईन्टरनेटमा रिलिज पहिलो गीतमा स्वर बादल थापा र सुमिना लो को छ ।

चैत्र ११ मा रिलिजको क्रममा रहेको फिल्म 'निर्भय'को प्रचार प्रसार तिब्र छ । मिडियादेखि सामाजिक सञ्जाल अनि हल प्रचारलाई तिब्रता दिएको फिल्म निर्माण युनिट यतिबेला मोफसल प्रचारमा व्यस्त छ ।

बर्ष २०७४ को भदौ महिना नेपाली फिल्म उद्योगको लागी खास हुनेछ । ठुला ब्यानर भनिने अनि आशा गरिएका फिल्म यो महिना रिलिज हुनेछन्, सबैको एक मात्र उद्देश्य हुनेछ दर्शक आफ्नो पक्षमा पार्ने ।

