मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खगेन्द्र लामिछाने अर्थात् नयाँ पात्रको जन्म

फिल्मीखबर, काठमाण्डौ, 2017/07/06
मिडियाको गसिप पान्नामा अहिलेसम्म नअटेका एकमात्र नेपाली कलाकार हुन खगेन्द्र लामिछाने । उनलाई चिन्नेहरु पनि सरल स्वभाबका व्यक्तिको रुपमा चिन्दछन् । उनी जति सशक्त लेखक हुन त्योभन्दा कम छैन उनको अभिनयपनि । उनका जून फिल्म हलमा लाग्छन् त्यसले फरक छाप बनाएका छन् । दर्शकहरु यो मान्न अस्वीकार गर्दैनन् कि खगेन्द्रले आम नेपालीको व्यथा आफूले निर्वाहा गरेको चरित्रमा बोकेका हुन्छन् । खगेन्द्रले जून फिल्ममा अभिनय गर्छन् त्यहाँ उनले नयाँ पात्रको जन्म पनि गराउँछन् । 
 
रंगमञ्चमा जमिरहेको बेला खगेन्द्रले फिल्म 'बधशाला'बाट नेपाली फिल्ममा पाइला राखेका थिए । बधशालाले खगेन्द्रलाई कलाकारको रुपमा चिनाएपनि फिल्म 'टलकजंग भर्सेस टुल्के'ले स्टार बनायो । यो फिल्म रिलिज भएपछि दर्शकहरुले खगेन्द्रलाई टुल्केको रुपमा चिन्न थाले । त्यसपछि खगेन्द्र वर्ष २०७२ मा रिलिज भएको फिल्म 'पशुपतिप्रसाद'मा देखिए । आफ्नै लेखन र अभिनय रहेको 'पशुपतिप्रसाद'लाई दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । 'पशुपतिप्रसाद'मा काम गरेपछि खगेन्द्रलाई टुल्के भनेर चिन्नेले पशुपतिप्रसाद भनेर चिन्न थाले । 
 
अब यही असार २३ गते रिलिज हुन लागेको अर्को नयाँ फिल्म 'धनपति'बाट फेरि खगेन्द्रले नयाँ उप-नामलाई जन्म दिँदैछन् । यो पक्का छ कि 'धनपति' हिट भयो भने खगेन्द्रलाई टुल्के र पशुपतिप्रसाद मात्र होइन अब धनपति उप-नामले पनि चन्नेछन् । खगेन्द्र यसमा विश्वस्त पनि छन् कि आफूलाई दर्शकहरुले अब धनपति उप-नामले चिन्नेछन् । 
 
यो फिल्मलाई खगेन्द्र आफैले लेखेका हुन भने दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । यो फिल्म खगेन्द्रको आफ्नै कथासंग्रह ‘फुलानी’ को ‘बाबुसाहेबको साइकल’ मा आधारित छ । टुकी आर्टस् र दीपेन्द्र के खनाल प्रोडक्सनले संयुक्त रूपमा बनाएको ‘धनपति’ सुरक्षा पन्त, आशान्त शर्मा, मनीष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरेले अभिनयमा साथ दिएका छन् ।