मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार सविन शाक्यद्धारा आत्महत्या

फिल्मीखबर, काठमाण्डौ, 2017/07/07
चलचित्र पत्रकार तथा स्क्रिप्ट राईटर सविन शाक्यले आत्महत्या गरेका छन् । शुक्रवार दिउँसो ४ बजे आफू बस्दै आइरहेको कोठामा कपडाको पासो लगाएर उनले आत्महत्या गरेको खबर छ । अहिले उनको शरीर पोस्टमार्टमका लागि महाराजगंजस्थित टिचिङ अस्पतालमा राखिएको छ । 
 
५३ वर्षिय पत्रकार शाक्यले आत्महत्या गर्नु अगाडि परिवारका लागि एक पत्र लेखेका छन् । तीन पान्ना लामो सुसाइड नोटमा उनले परिवारको इच्छा पूरा गर्न नसकेको लगायतका कुराहरु लेखेका छन् । पत्रकार शाक्यले फिल्म 'ब्ल्याक डायरी'को कथा पनि लेखेका थिए । फिल्म 'ब्ल्याक डायरी'का निर्माता अनोज अधिकारीका अनुसार, पत्रकार शाक्यको आत्महत्याको विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 
उनको एक श्रीमती, दुई छोरी र एक छोरा छन् । काठमाडौंको गौरीघाटमा बहालवाला कोठामा बस्दै आइरहेका शाक्य लामो समयदेखि चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका थिए । पत्रकार सविन शाक्य चलचित्र पत्रकार संघ, नेपालका पूर्व उपाध्यक्ष समेत थिए ।