Most Recent News Headlines
Results : 13651 - 13656 of 23748

फिल्मीखबर, काठमाडौं, 2017-03-20, सोमवार
फागुन २८ गते राती सिढीबाट लडेर टाउकोमा गम्भिर चोट लागेका चलचित्र पत्रकार संघ, नेपालका सदस्य निमेष गौतमलाई सोमबार चलचित्र पत्रकार संघले उनको उपचारका लागि संकलन भएको कूल १ लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । अध्यक्ष सन्दिप सापकोटासहित पत्रकार संघका पदाधिकारीहरुले वीर उस्पतालको ट्रमा सेन्टरमा उपचारार्थ गौतमलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।

फिल्मीखबर, काठमाडौं, 2017-03-20, सोमवार
फ्लोरमा रहेको फिल्म ‘म यस्तो गीत गाउ“छु’को छायांकन अन्तिम चरणमा छ । पोखरापछि सुटिङ युनिट चितवन पुगेको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-03-20, सोमवार
गत हप्ता अफिसियल निर्माण घोषणा गरिएको फिल्म 'फाटेको जुत्ता' को फ्लोरमा जानु पुर्व नै रिलिज घोषणा गरिएको छ । निर्माता अर्जुनकुमारले दिएको जानकारी अनुसार फिल्म अर्को बर्षको तिहारको छेकोमा कार्तिक १७ मा रिलिज हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2017-03-20, सोमवार
चैत्र ११ मा रिलिज हुने फिल्म 'लप्पन छप्पन' युनिटले रिलिज मिति नजिकिँदै गर्दा प्रचारलाई गति दिइरहेको च । यो बीचमा चर्चित गायक सविन राई स्वरबद्ध फिल्ममा समावेश कन्सर्ट गीत रिलिज गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-03-20, सोमवार
डेब्यू फिल्म 'ड्रिम्स'बाट नै अभिनयमा चौतर्फी तारिफ भेटेकी साम्राज्ञ राज्यलक्ष्मी शाहको दोश्रो फिल्म 'ए मेरो हजुर २' को पहिलो भिजुअल दृश्य बाहिर आएको छ । निर्माण कम्पनि सुहाना ईन्टरटेन्मेन्टले फिल्मको १ मिनेट लामो चल दृश्य समावेश एक सामग्री ईन्टरनेटमा रिलिज गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2017-03-19, आईतवार
युवा लेखक सुविन भट्टराई द्वारा लिखित उपन्यास 'समर लभ'माथी फिल्म बन्ने भएको छ । 'नाई नभन्नु ल ३' निर्देशक मुस्कान ढकालको निर्देशन रहनेगरी आईतबार फिल्म घोषणा गरियो ।
Most Visited News (monthly)

