मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

स्टार हुँदैमा फिल्म हिट हुन्न : आलिया भट्ट

एजेन्सी, मुम्बई, 2017/07/06
बलीउड अभिनेत्री आलिया भट्टले फिल्म हिट गर्नका लागि सुपरस्टार आवश्यक नहुने बताएकी छिन् । आलिया चाँडै मेघना गुलजारको नयाँ फिल्म ‘राजी’ मा देखिँदैछिन् । यो फिल्ममा उनको अपोजिट विक्की कौशल देखिँदैछन् । 
 
आलियासँग पत्रकारले प्रश्न गरे कि शाहरुख र शाहिद जस्ता सुपरस्टारसँग काम गरिसक्नु भएको छ, अब विक्की कौशलसँग काम गर्न सजिलो भयो कि गाह्रो ? उनले उत्तर दिँदै भनिन्, 'विक्की मभन्दा राम्रो कलाकार हुन् । हामी सबै राम्रो काम गर्न आएका हौं र चाहन्छु कि नयाँ फिल्महरु यसअघिका फिल्मभन्दा राम्रो हुनेछन् । मलाई फिल्म हिट गर्नका लागि सुपरस्टारको आवश्यकता छैन, मात्र राम्रो स्क्रिप्ट र को-स्टार हुन आवश्यक छ ।'