Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

'धनपति'को बम्पर ओपनिङ, सबैतिर हाउसफूल

फिल्मीखबर, काठमाण्डौ, 2017/07/07
'बधशाला', 'टलकजंग भर्सेज् टुल्के' र 'पशुपती प्रसाद' सम्म आइपुग्दा नायक खगेन्द्र लामिछाने कथा लेखनमा मात्र होइन अभिनयमा पनि अब्बल ठहरिए । खगेन्द्रलाई दर्शकहरु अझै पनि 'टुल्के' र 'पशुपतिप्रसाद' उप-नामले चिन्ने गर्छन् । उनै खगेन्द्र अभिनित नयाँ फिल्म 'धनपति' आजबाट अल नेपाल प्रदर्शनमा आएको छ । 
 
प्राप्त जानकारी अनुसार, यस वर्षको प्रतिक्षित फिल्मको रुपमा हेरिएको 'धनपति'ले आज शुक्रवार बम्पर ओपनिङ गरेको छ । फिल्मले मल्टिप्लेक्समा हाउसफूल विजनेस गरेको छ । सिंगल स्क्रिनमा पनि फिल्मलाई दर्शकले राम्रो साथ दिएका छन् । 
 
निर्देशक दीपेन्द्र के.खनालले 'धनपति'को शुक्रवार बिहानको शोमा ७० प्रतिशत र दिउँसोदेखि साँझको शोमा ९० प्रतिशत अकुपेन्सी छ । उनले क्यूएफएक्सले शनिवारबाट शो बढाएको पनि बताए । उनले भने, 'आज सबै हलहरु हाउसफूल भए । काठमाडौंका मल्टिप्लेक्समा भोली शनिवार फिल्मको सबै टिकट सोल्ड आउट भैसकेको छ ।'
 
फिल्मको हिजो बिहीवार राजधानीमा भव्य प्रिमियर शो आयोजना गरिएको थियो । प्रिमियरमा पनि फिल्म 'धनपति'ले उत्कृष्ट प्रतिक्रिया पाएको छ । निर्देशक खनालका अनुसार, फिल्म हेरेका अधिकांश दर्शकहरुले कथावस्तु र कलाकारहरुको अभिनय रुचाएका छन् । 
 
'पशुपतिप्रसाद'को सफलतापछि टुकी आर्ट्स प्रालिले दीपेन्द्र के. खनालको निर्देशनमा यो फिल्म निर्माण गरेको हो। खगेन्द्र लामिछानेको लेखन रहेको फिल्मको प्रमुख भूमिकामा पनि लामिछाने नै देखिएका छन् । 
 
खगेन्द्र लामिछाने बाहेक फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ। 'धनपति'को सहायक निर्माता ओम गुरुङ, सह–निर्माता रजना नापित, समिर देवकोटा रहेका छन्। निर्माता भने रोजिना सिटौला रहेकी छन्। 
Most Visited News (monthly)