मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'२ रुपैयाँ'मा कसको 'टल्क्यो जवानी' ?

फिल्मीखबर, काठमाण्डौ, 2017/07/07
भाद्र २३ गतेलाई रिलिज फाइनल गरिएको फिल्म '२ रुपैयाँ'को 'कुटुमा कुटु' बोलको गीत अहिले निकै चर्चामा छ । यो गीतले युट्युबमा ५० लाख बढी भ्यू समेत पाइसकेको छ । फिल्मको पहिलो गीतलाई हिट सावित भएपछि निर्माण पक्षले दोस्रो गीत रिलिज गरेको छ । 
 
'२ रुपैयाँ' को नयाँ क्लब गीत “टलटल टल्क्यो जवानी” मा फिल्मका मुख्य कलाकार आशिफ शाह र निश्‍चल बस्‍नेतका साथै मिस तामाङ २०१२ सुमी मोक्तान फिचरिङ छन् । 
 
गीतमा आशिफ शाह र निश्चल बस्‍नेत आफैँले नै स्वर दिएका छन् भने गायिका मीना निरौला रहेकी छिन् । गीतका संगीतकार रोशन थापा हुन् भने गीतको रचना एकतारे र सुरज शाही ठकुरीले गरेका हुन् । गीतलाई कविराजगहतराजले कोरियोग्राफी गरेका हुन् । असिम शाहले फिल्म निर्देशन गरेका हुन् । 
 
यो कमेडी फिल्ममा आशिफ र निश्चल मिल्ने साथी हुन्छन् । यी दुई मिल्ने साथीहरु यात्रामा निस्किँदा आइपर्ने समस्या र समस्याबाट उम्कन खोज्दा आइपर्ने अनेक समस्याको वरिपरी फिल्मको कथा घुमेको छ । ए जि टु वान प्रोडक्शन प्रा.ली र ब्ल्याक हर्स प्रा.लीले फिल्म निर्माण गरेको हो ।