मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डी सिने अवार्ड’मा विपिन र प्रियंका उत्कृष्ट

फिल्मीखबर, काठमाण्डौ, 2017/07/07
यस वर्षको ‘नवौं डी सिने अवार्ड’ हेटौंडामा सम्पन्न भएको छ । बिहीवार हेटौंडाको ओम्याक्स सिनेमा हलमा आयोजना गरिएको ‘नवौं डी सिने अवार्ड’मा 'जात्रा'बाट नायक विपिन कार्की उत्कृष्ट नायक ठहरिए भने 'छक्का पन्जा'बाट नायिका प्रियंका कार्कीले उत्कृष्ट नायिकाको अवार्ड उचालिन् । 'छायाँछबि क्रियशन'ले आयोजना गरेको 'नवौं डी सिने अवार्ड'मा फिल्म 'छक्का पन्जा'ले सर्वाधिक ११ विधामा अवार्ड उचाल्यो । 'छक्का पन्जा'ले उत्कृष्ट नायिकाको अवार्डसँगै उत्कृष्ट फिल्म, उत्कृष्ट नव-निर्देशक, उत्कृष्ट हास्यकलाकार, उत्कृष्ट खलपात्र, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गायक, उत्कृष्ट संगीतकार र उत्कृष्ट संवाद, उत्कृष्ट सम्पादन र उत्कृष्ट छायाँकारको अवार्ड उचाल्न सफल भयो । 
 
 
कार्यक्रममा 'तीन घुम्ती'लाई जुरी अवार्ड दिइयो भने 'जात्रा'बाट निर्देशक प्रदीप भट्टराई, 'झुम्की'बाट मनोज आरसी र 'पुरानो डुंगा'बाट नायिका मेनुका प्रधानले क्रिटिक्स अवार्ड प्राप्त गरे । यस्तै, मिलन चाम्सलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो भने 'ठमेल बजार'बाट गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटालाई पब्लिक च्वाइस अवार्ड प्रदान गरियो । पत्रकार लक्ष्मण सुवेदीलाई ९ हजार ९ सय ९९ सय राशीसहितको 'छायाँछबि चलचित्र पत्रकारिता पुरस्कार' प्रदान गरिँदा 'छायाँछबी लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४' बाट बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बासकोटा सम्मानित भए । 
 
 
यस्तै, अवार्ड कार्यक्रममा 'छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७३' बाट पुरुषतर्फ अभिनेता सरोज खनाल र महिलातर्फ अभिनेत्री रुपा रानालाई सम्मानित गरियो । आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले यस अवार्डले चलचित्र क्षेत्रमा लागेकाहरुलाई हौसला प्रदान गर्ने र नेपाल चलचित्रमा नयाँपन भित्रिनेमा आफू विश्वस्त रहेको बताए ।
 
 
अवार्ड कार्यक्रममा सहभागी हुन नायक सरोज खनाल, आर्यन अधिकारी, केदार घिमिरे, जितु नेपाल, नायक, निर्माता तथा निर्देशक आकाश अधिकारीसँगै नायिकाहरु नीता ढुंगाना, अशिष्मा नकर्मी, सारिका घिमिरे, हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला लगायतका दर्जन बढी चलचित्रकर्मी र पत्रकारहरु काठमाडौंबाट हेटौडा पुगेका थिए । 
 
कस-कसले उचाले अवार्ड ? 
 
१) उत्कृष्ट एनिमेशन
द फेमश
 
२) उत्कृष्ट ध्वनि मिश्रण
मनोजराज भण्डारी – जात्रा
 
३) उत्कृष्ट पाश्र्व संगीत
शैलेश श्रेष्ठ – गाजलु
 
४) उत्कृष्ट केमियो
निश्चल बस्नेत – लप्पन छप्पन
 
५) उत्कृष्ट द्वन्द्व निर्देशक
हिमाल केसी – निर्भय
 
६) उत्कृष्ट बाल-कलाकार
साइब्रत आचार्य – छायाँ
 
७) उत्कृष्ट हाँस्यकलाकार
केदार घिमिरे – छक्का पञ्जा
 
८) उत्कृष्ट खलपात्र
दीपकराज गिरी – छक्का पञ्जा
 
९) उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – पूर्ब पश्चिम रेल…(छक्का पञ्जा)
 
१०) उत्कृष्ट गीतकार
आकाश अधिकारी – पागल…(के म तिम्रो होईन र)
 
११) उत्कृष्ट गायिका
मिना निरौला – ठमेल बजार – लुट २
 
१२) उत्कृष्ट गायक
कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा
 
१३) उत्कृष्ट संगीतकार
दीपक शर्मा – देखन चम्पा…(छक्का पञ्जा)
 
१४) उत्कृष्ट संवाद
दीपकराज गिरी – छक्का पञ्जा
 
 
१५) उत्कृष्ट पटकथा
हेमराज बिसी – गाजलु
 
१६) उत्कृष्ट कथा
रामबाबु गुरुङ – पुरानो डुंगा
 
१७) उत्कृष्ट नव-नायिका
श्रृष्टी श्रेष्ठ – गाजलु
 
१८) उत्कृष्ट नव-नायक
आर्यन अधिकारी – के म तिम्रो हैन र
 
१९) उत्कृष्ट नव-निर्देशक
दीपाश्री निरौला – छक्का पञ्जा
 
२०) उत्कृष्ट चरित्र अभिनेत्री
गौरी मल्ल – के म तिम्रो हैन र 
 
२१) उत्कृष्ट चरित्र अभिनेता
शिशिर राणा – बीर बिक्रम
 
२२) उत्कृष्ट सह-अभिनेत्री
सुस्मिता केसी – म त तिम्रै हुँ
 
२३) उत्कृष्ट सह-अभिनेता
सुशान्त कार्की – तीन घुम्ती
 
२४) उत्कृष्ट सम्पादक
बिपिन मल्ल – छक्का पञ्जा
 
२५) उत्कृष्ट छायाँकार
पुरुषोत्तम प्रधान – छक्का पञ्जा
 
२६) उत्कृष्ट अभिनेत्री
प्रियंका कार्की – छक्का पञ्जा
 
२७) उत्कृष्ट अभिनेता
विपिन कार्की – जात्रा
 
२८) उत्कृष्ट निर्देशक
हेमराज बिसी – गाजलु
 
२९) उत्कृष्ट चलचित्र
छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्