
अभिनेत्री रेखा थापा पछिल्लो बर्ष 'रामप्यारी' रिलिजपछि पर्दामा आएकी छैनन् । पछिल्लो समय सामाजिक सेवा, राजनीति अनि अभिनय सबैबिधालाई सँगसँगै लिएर अघि बढेकी रेखा सिंगल स्कृनमा राम्रो पकड बनाउन सफल एक मात्र अभिनेत्री हुन् ।

वलिउडमा कुनै समयको खास दोस्ती थियो, निर्माता निर्देशक करन जोहर अनि अभिनेत्री ऐश्वर्या रायको । तर फिल्म उद्योगमा कलाकार अनि निर्माता निर्देशकबीचको दोस्ती कहिँ कतै पनि लामो समय जाँदैन् । यसको सिधा उदाहरण यी दुईमा पनि परेको छ ।

शुक्रबारबाट रिलिज फिल्मको पहिलो दिनको पहिलो तथा दिवा सो कस्तो रह्यो त दर्शकलाई कौतुहलताको विषय हुनसक्छ । विशेषत: 'निर्भय' सिङगल स्कृन लक्षित हुँदा 'लप्पन छप्पन' भने मल्टिप्लेक्समा बढि केन्द्रित छ । तर दुबै फिल्म फिल्म सिंगल र मल्टिप्लेक्स दुबैतिर लागेका छन् ।

एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनित तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने भएको छ । मार्च ३१ देखि दुई सातासम्म दर्शकले सिनेमा हेर्न सक्नेछन् ।

'लप्पन छप्पन' फिल्म रिलिजको संघारमा छ । शुक्रबार रिलिज हुने फिल्म प्रचारको लागी निर्माता निेर्देशक केहि कलाकार मात्र लिएर मैदानमा छन् तर स्टारको उपमा पाएका यहि फिल्मसँग सम्बन्धित लिड कलाकार भने प्रचारमा छैन् ।

जेठ ५ गतेलाई प्रदर्शन मिति पक्का गरेको फिल्म ‘डायरी'मा समावेश एक गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतले प्रेमभाव बोल्छ ।

