
बर्ष २०७३ को सर्वाधिक कलेक्सनको रेकर्ड राखेको फिल्म 'छक्का पञ्जा'को सिक्वेलको रुपमा छक्का पञ्जा बन्ने भएको छ । केहि दिन पहिले नै निर्माता दिपकराज गिरी अनि निर्देशक दीपाश्री निरौलाले यो कुराको पुष्टी गरिसकेका छन् ।

फ्राईडे रिलिज अन्तर्गत यो हप्ता फिल्म 'यो साईनो मायाको' सोलो रिलिज भएको छ । गत हप्ता रिलिज 'दर्पण छायाँ २ ' को प्रभाव अनि दर्शक चाप हलमा घट्दो रहँदा सोलो रिलिजको फाईदा 'यो साईनो मायाको'ले उठाउन सक्छ सक्दैन् हेर्न बाँकी छ ।

समिक्षक दिपेन्द्र लामाको डेब्यू निर्देशनमा तयार फिल्म 'घामपानी'को ट्रेलर रिलिज भएको छ । बैशाख १ मा रिलिजको तयारी हुँदै गर्दा निर्माण टिमले बिहिबार एक कार्यक्रमको आयोजना सहित ट्रेलर सार्वजनिक गरेको छ ।

यसअघि चैत्र महिनाको विभिन्न हप्ता रिलिजको चर्चाका बीच रेखा थापा स्टारर फिल्म 'डायरी' को रिलिज दु महिना पर धकेलिएको छ । ‘नोभेम्वर रेन’फिल्मबाट डल्ली पात्रका कारण चर्चामा आएकी छुल्ठिम गुरुङले निर्माण गरेको फिल्म अब जेठको ५ मा रिलिज पक भएको हो ।

बर्ष २०१७ को लागी सर्वाधिक प्रतिक्षित बनेको फिल्म 'बाहुबली २' को ट्रेलर रिलिज भएको छ । हिन्दी भर्सनको ट्रेलर बिहिबार सांझ सार्वजनिक भयो ।

यतिबेला 'पिंजडा ब्याक अगेन'को छायाँकनको क्रममा चितवनमा रहेका निखिलले यो हप्ता काठमाडौं आउँदै 'निर्भय' प्रचारमा उपस्थिती जनाउनेछन् । चितवनबाट नै भिडियो सन्देश पठाउँदै निखिलले 'निर्भय' पर्खिरहेका दर्शकहरुलाई फिल्मको बारेमा खुलाएका हुन् ।

