छायाँकन सकेर सम्पादनमा रहेको फिल्म "झुम्की" यही भदौ ९ गतेदेखि नेपालभर प्रदर्शनको तयारीमा रहेको छ। अपिल विस्ट फिल्म प्रोडक्सन र सिनेमा आर्टको संयुक्त प्रस्तुती रहेको "झुम्की"को दोस्रो पोस्टर रिलिज भएको छ।
गायक प्रमोद खरेलले दोलखा जिल्लाको सुन्दरावतिमा रहेको सरस्वती प्राथमिक विद्यालयमा ४ वटा कोठा सहितको पक्कि भवन निर्माण गराइदिएका छन्। ३ कक्षासम्म अध्ययन गराइने उक्त विद्यालयलाई गत वर्षको महाभुकम्पाले ध्वस्त बनाइदिएको थियो।
आर वि मुभिजको प्रस्तुतीमा बनेको चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ यहि साउन २१ गते बाट देश भर प्रदर्शन थाल्ने भएको छ । शुद्ध नेपाली कथामा आधारित फिल्मको प्रस्तुति भने हास्य परक रहेको आइतबार बागबजारमा आयोजित कार्यक्रममा जानकारी गराइयो ।
दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म 'कोहिनुर' ईन्टेनेटमा रिलिज भएको छ । शनिबार अन्तिम च्यारिटी शो राजधानीको बिग मुभिजमा सम्पन्न भएसँगै फिल्मको औपचारिक ईन्टेनेट रिलिज गरियो ।