Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बोबी’ को रोमान्टिक गीतमा उमेश र कविताको रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2018/07/03
उमेश थापा र कविता गुरुङको वास्तविक प्रेमकथामा निर्मित फिल्म ‘बोबी’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । यो फिल्ममा रियल कपलकै अभिनय छ । 'अरे सुन...' गीतमा ताराप्रकाश लिम्बुको शब्द तथा संगीत छ भने प्रविशा अधिकारी र संगीतकार लिम्बु आफैंले स्वर दिएका छन् । 
 
 
बनिश शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा उमेश र कविता रोमान्टिक मूडमा देखिएका छन् । गीत हेरुन्जेल नर्वेको मनमोेहक लोकेशन र नवराज कृष्ण थापाको खिचाईले आँखालाई शितलता प्रदान गर्छ । 
 
चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा संचारकर्मी नरेश भट्टराई/गिरिराज घिमिरेको स्क्रिप्ट, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।
 
मिलन चाम्स निर्देशित यस फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय छ ।
 
‘बोबी’ असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)