Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

गुणस्तरतर्फ ध्यान दिने कि मलिनाजी ?

फिल्मीखबर, काठमाण्डौ, 2018/07/03
सन् २०११ की मिस नेपाल हुन् मलिना जोशी । मिस नेपालको ताज पहिरिएपछि फिल्मको हिरोइन हुने इच्छा जाग्नु नौलो होइन । प्रायः मिस नेपालले नेपाली फिल्ममा आफ्नो उपस्थिति जनाइसकेका छन् । 
 
मलिनाले पनि फिल्म 'ऋतु' बाट अभिनय यात्राको मुर्हूत गरिन् । फिल्म रिलिजपूर्व उनको चर्चा गज्जब थियो । नेपाली फिल्म क्षेत्रले पनि उनलाई सम्भावना बोकेको नायिकाको रुपमा हेरेको थियो । तर, रिजल्ट नपत्याउँदो आयो । 
 
न फिल्म बक्सअफिसमा चम्कियो न त मलिनाले आफूलाई अभिनेत्रीको रुपमा चिनाउन सकिन् । डेब्यु फिल्म बक्सअफिसमा डुबेपछि उनीमाथि ठूला ब्यानरको नजर परेन । फिल्म नै नगर्नुभन्दा हातमा आएका जुनसुकै फिल्ममा काम गर्नु उनले निको सम्झिइन् । 
 
 
उनी अभिनीत 'लिला', 'द विनर', 'झुम्की', 'कलिउड', 'रानी', 'संरक्षण' जस्ता फिल्म रिलिज भइसकेका छन् तर, यी कुनै पनि चलेनन् । लगातार आफू अभिनीत फिल्म असफल हुँदा यसको असर शून्यको गतिमा रहेकोे उनकोे करिअरमाथि परेको छ । उनलाई अचेल 'अनलक्की' नायिका समेत भन्ने गरिन्छ । 
 
हालसालै उनी अभिनीत नयाँ फिल्म 'तिमी हुन्छौ जहाँ जहाँ' रिलिज भएको थियो । 'रानी' फेम्ड अभिनेता मनिष सुन्दर श्रेष्ठसँग उनले जोडी बाँधेकी थिइन् । यो फिल्म हिट हुनेमा रिलिजपूर्व मलिना विश्वस्त थिइन् । तर, नतिजा फेरि पुरानै दोहोरियो । 
 
उनीमाथि अहिले संख्या बढाउन उद्दत रहेको आरोप छ । हुनत, गुणस्तरतर्फ ध्यान नदिनु नै उनी लगातार असफलतासँग जम्काभेट हुनुको मुख्य कारण हो । मलिनाजी, अब फिल्मको संख्यासँगै गुणस्तरतर्फ पनि ध्यान दिने हो कि ? 
Most Visited News (monthly)