Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२ लाखसहित ‘पञ्चायत’ र ‘अग्नी दहन’ पुरस्कृत

फिल्मीखबर, काठमाण्डौ, 2018/07/02
चलचित्र विकास बोर्डको १८ औं बार्षिकोत्सवमा दुईवटा बिशेष फिल्मलाई पुरस्कृत गरिएको छ । शिवम् अधिकारी निर्देशित फिल्म ‘पञ्चायत’ र घनश्याम लामिछानेद्धारा निर्देशित फिल्म ‘अग्नी दहन’ लाई बोर्डले पुरस्कृत गर्दै विदेश प्रदर्शनका लागि सवटाइटलिङ गर्न २ लाख नगद समेत प्रदान गरेको छ । 
 
 
शनिवार सम्पन्न बार्षिकोत्सवमा विकास बोर्डले आफ्ना भावी कार्ययोजना समेत प्रस्तुत गरेको छ । बक्सअफिस प्रणालीलाई आर्थिक बर्ष २०७५/७६ भित्रै लागू गरिने, सोही आर्थिक वर्षभित्र राष्ट्रिय चलचित्र विकास नीति लागू गरिने, नेपालको पहिलो फिल्म 'आमा' र पहिलो रंगीन फिल्म 'कुमारी' लाई डिजिटलाइजेसन गरेसँगै पुनः प्रदर्शन गरिने बोर्डको भावी कार्ययोजना भित्र छ । 
 
यस्तै, तत्कालिन शाही नेपाल चलचित्र संस्थानबाट निर्माण भएका १६ वटा फिल्महरुलाई चलचित्र महोत्सवद्धारा प्रदर्शन गर्ने योजना बोर्डले अघि सारेको छ । बोर्डले बार्षिकोत्सव कार्यक्रममा महिला निर्देशकको पुरस्कार दिपाश्री निरौलालाई प्रदान गरेको छ । 
 
 
बोर्ड अध्यक्ष निकिता पौडेलले बक्सअफिस, राष्ट्रिय चलचित्र नीति, चलचित्रकर्मी कल्याणकोष, फिल्म सिटी निर्माण, पुराना फिल्महरुको डिजिटलाइजेसन जस्ता महत्वपूर्ण कामहरु आफूले आगामी आर्थिक बर्ष भित्रै सक्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । 
Most Visited News (monthly)