Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘जय शम्भु’ टीजर : बर्षाका लागि अनुप र प्रशान्त आमने-सामने

फिल्मीखबर, काठमाण्डौ, 2018/07/02
भदौ १ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको अभिनेता द्वय अनुप विक्रम शाही र प्रशान्त ताम्राकार स्टारर फिल्म ‘जय शम्भु’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरमा मायाप्रेमका कुरा कम एक्सन सिन बढी छ । 
 
 
फिल्मको केन्द्रिय द्वन्द्व अभिनेत्री बर्षा सिवाकोटीलाई लिएर रहेको टीजर बोल्छ । उनका लागि दुई अभिनेता एकअर्कासँग भिडेका छन् । कहिले बर्षा, प्रशान्तको अंगालोमा देखिएकी छिन् त कहिले अनुपको हात समातेर पानीमा रुझिरहेकी छिन् । 
 
मध्यमवर्गिय दर्शकलाई लक्षित गरेर टीजर तयार पारिएको छ । पहिलो पटक दुई 'ह्यान्डसम भिलेन' आमने-सामने हुन लागेका कारण ‘जय शम्भु’ दर्शकमाझ प्रतिक्षामा छ । टीजरमा अनुप र प्रशान्त दुवै एङग्री अवतारमा प्रस्तुत छन् । को हिरो र को भिलेन ? टीजरबाट छुट्याउन मुश्किल छ ।
 
रुपेश तामाङ निर्देशित ‘जय शम्भु’ मा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
उक्त फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य छन् । 
 
काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको यो फिल्म एक्सन लभस्टोरी जानरामा निर्माण भएको प्रस्तुतकर्ता दिनेश शाहीले जानकारी दिए ।
 
टीजर हेर्नुहोस् :-

Most Visited News (monthly)