Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘क्याप्टेन’ रिलिज कहिले ?

फिल्मीखबर, काठमाण्डौ, 2018/07/02
सुपरस्टार अनमोल केसीका हरेक एक फिल्म दर्शकका लागि व्यग्र प्रतिक्षामा रहन्छ । लगातार पाँच सुपरहिट फिल्म दिएका उनी यस वर्ष नयाँ फिल्म ‘क्याप्टेन’ लिएर पुनः दर्शकमाझ पुग्दैछन् । 
 
यसमा उनी एक फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । दीवाकर भट्टराईको एक्सन कट रहेको यो फिल्ममा अनमोलले दुई नव-अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग रोमान्स गरेका छन् । 
 
‘क्याप्टेन’ मा सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई जस्ता कलाकारहरुको पनि अभिनय छ । भुवन केसी यसका निर्माता हुन् । फ्लोरमा जानु अगावैदेखि यो फिल्ममाथि हरेक एकको नजर छ । दर्शक पनि अनमोललाई पहिलो पटक फुटबल खेलाडीको रुपमा हेर्न आतुर छन् । 
 
तर, फिल्मको रिलिज अझै अन्योलमा छ । फ्लोरमा निस्कँदै गर्दा निर्माण टिमले फिल्मको रिलिज भदौ ८ गतेलाई लक गरेको थियो । ‘क्याप्टेन’ को सुटिङ अझै पूरा नभएका कारण यो मितिमा फिल्म रिलिज नहुने पक्का छ । भदौ ८ मा 'नाई नभन्नु ल' को पाँचौ सिरिज रिलिज हुँदैछ । 
 
भदौ ८ नभए अब कहिले त रिलिज ? सिनेवृतमा ‘क्याप्टेन’ को रिलिज डेट भदौ २९ लाई तोकिएको चर्चा छ । तर, यस विषयमा निर्माण टिमबाट कुनै औपचारिक जानकारी प्राप्त भएको छैन । 
 
यसअघि अनमोलको पाँचौ फिल्म 'कृ' को पटक-पटक प्रदर्शन मिति फेरबदल हुँदा त्यसको असर व्यापारमा परेको थियो । यसकारण निर्माता भुवन केसी ‘क्याप्टेन’ को रिलिज डेट हतारमा घोषणा गरेर जोखिम नमोल्ने मनस्थितिमा छन् । 
 
दिनहुँको वर्षाका कारण ‘क्याप्टेन’ को सुटिङ असार अन्तिमसम्म सकिन पनि मुश्किल छ, जसले फिल्मको रिलिज झन् धकलिनेछ । भदौमा नभए यो फिल्मको रिलिज दशैं-तिहारपछि मात्र हुने फिल्मी पण्डितहरुको आँकलन छ । 
Most Visited News (monthly)