Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.00/5.00)
Text size:-
+
-

अक्षयले गरे ‘ट्वाइलेट-२’ को घोषणा

एजेन्सी, मुम्बई, 2018/07/03
 
वर्ष २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘ट्वाइलेट-एक प्रेम कथा’ ले बक्सअफिसमा सानदार कलेक्सन गरेको थियो । यो फिल्मको सक्सेसपछि अब अक्षय कुमारले यसको दोस्रो सिक्वेलको घोषणा गरेका छन् । 
 
उनले ट्विटरमार्फत फिल्मको घोषणा गर्दै लेखेका छन्, 'अबको तयारी अर्को ब्लकबस्टर मिसन ‘ट्वाइलेट-२’ का लागि । यसपटक बदलिनेछ पूरा देश । चाँडै आउँदैछु ।' 
 
अक्षय कुमारले एक सर्ट भिडियो पनि रिलिज गरेका छन्, जसमा उनले भनेका छन्,  'ट्वाइलेट' त बन्यो तर कथा अझै पनि बाँकी छ । म चाँडै 'ट्वाइलेट' को पार्ट २ लिएर आउँदैछु ।' तर, उनले यस फिल्मको बाँकी स्टारकास्टलाई लिएर कुनै खुलासा गरेका छैनन् । 
 
अक्षयसँगै ‘ट्वाइलेट-एक प्रेम कथा’ मा भूमि पेडनेकर, दिव्येन्दु शर्मा, सुधीर पान्डे र अनुपम खेर मुख्य भूमिकामा थिए । २२ करोडमा बनेको यो फिल्मले घरेलू बजारबाट १ सय ३४ करोड कमाएको थियो । 
Most Visited News (monthly)