मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11287 - 11292 of 21161
फिल्मीखबर, काठमाण्डौ, २०७३ पौष १६, शनिवार

चलचित्र निर्माता संघको अध्यक्ष पदमा आकाश अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्माता संघको १४ औ साधारण सभा र त्यसपछिको चुनावी अधिवेशनबाट आकाशसहित उपाध्यक्ष पदमा गोविन्द शाही र माधव वाग्ले, महासचिवमा निर्माता रोज राणा, सचिवमा छविराज ओझा, कोषाध्यक्षमा सुशिल पोख्रेल निर्विरोध निर्वाचित भएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, २०७३ पौष १५, शुक्रवार

कार्यक्रमको मुख्य आकर्षकमा कमेडियन सन्दीप सापकोटाको स्ट्याण्डप कमेडी थियो जहाँ राजेश हमाल, भुवन केसी, रेखा थापादेखि साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पत्रकारको व्यङ्ग्य थियो । 

फिल्मीखबर, काठमाडौं, २०७३ पौष १५, शुक्रवार
एक्शन स्टार निखिल उप्रेतीको फिल्म 'राधे'को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माता सुशिल पोख्रेलले फिल्मीखबर मार्फत फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् । संयोगवस पोख्रेल चलचित्र निर्माता संघको कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको दिन परेको छ ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष १५, शुक्रवार
चैत्र ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'डायरी'मा समावेश लिरिकल भिडियो गीत रिलिज भएको छ । 'पानी पर्यो असिना झर्यो'को न्यू भर्सनका हिट एरेञ्जत अल्मोडा राना उप्रेती एरेञ्जित 'माया माया' बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।  
फिल्मीखबर, काठमाडौं, २०७३ पौष १४, बिहिवार
पौष २८ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'लश साशा' लाई प्रचार प्रसारमा अघि बढाउन अनि मिडिया हाईप बढाउन अहिले निर्माण टिम सकृय छ । प्रेमकथाको फिल्मलाई रिलिज नजिकिँदै गर्दा दर्शकमाझ प्रतिक्षित बनाउन निर्माता निर्देशक सकृय छन् । 
 
फिल्मीखबर, काठमाडौं, २०७३ पौष १४, बिहिवार
दिवंगत अभिनेता पति श्रीकृष्ण श्रेष्ठको जन्म जयन्तीमा अभिनेत्री श्वेता खड्काले सामाजिक कार्यमा हात अघि बढाएकी छिन् । श्रीको सम्झना गर्दै बिहिबार राजधानीमा एक कार्यक्रमका बीच श्वेताले घर आँगन नेपाल नामक सामाजिक संस्थालाई  १ लाख ५० हजार बराबरको चेक हस्तान्तरण गरिन् ।
Results : 11287 - 11292 of 21161