मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11269 - 11274 of 21201
फिल्मीखबर, काठमाडौं, २०७३ माघ ८, शनिवार
बर्ष २०७३ को ब्लकवस्टर फिल्म 'छक्का पञ्जा' पाइरेसी र त्यसपछि पाइरेसीमा संलग्न एक युवकले गरेको आत्महत्या पछि उत्पन्न परिस्थितीमा निर्माण टिम विरुद्ध नै छानबिन माग गर्दै प्रहरीमा निवेदन दर्ता गराइएको छ । निर्माता तथा कलाकार दिपकराज गिरी, निर्मल शर्मा, सुमन गिरी सहित निर्देशक दिपाश्री निरौंलाले संयुक्त रुपमा आफुहरुमा नै छानबिन माग गर्दै गौशाला प्रहरीमा उजुरी दर्ता गराएका हुन् । 
फिल्मीखबर, काठमाडौं, २०७३ माघ ८, शनिवार
एक महिना पहिले टिजर रिलिज गर्दै प्रचार सुरु गरेको फिल्म 'यो साइनो मायाको' रिलिज लक भएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्म आगामी चैत्र ४ गते रिलिज हुनेछ । काठमाडौंमा सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन् भने मोफसलमा एफडी कम्पनिले यो फिल्मलाई वितरणको जिम्मा लिएको छ । 
फिल्मीखबर, काठमाडौं, २०७३ माघ ७, शुक्रवार
नेपाली चेली तेरिया फौजा मगरले भारतिय टेलिभिजन च्यानल कलर्स टिभीको चर्चित शो 'झलक दिखला जा' को ताज जितेकी छिन् । यद्धपी कलर्स टिभीले यो निर्णयलाई औपचारिक घोषणा भने गरेको छैन् । 
फिल्मीखबर, काठमाडौं, २०७३ माघ ७, शुक्रवार
चैत्र ११ मा एक्शन स्टार निखिल उप्रेती स्टारर फिल्म 'निर्भय' रिलिज पक्का हुँदा सोहि मितिमा यो पहिले नै घोषणा गरिसकिएको रेखा थापा स्टारर 'डायरी' पनि रिलिज तय थियो । जसले सिंगल थियटरका बादशाह मानिने दुबै कलाकार भिड्ने पक्का हुँदा भिडन्त रोमाञ्चक हुने अनुमान थियो । 
बैकुण्ठराज पराजुली, काठमाडौं, २०७३ माघ ७, शुक्रवार
यो बिषयमा निश्चलले रोमान्टिक कमेडी जनरामा दुई भिन्न चरित्रको कथासँगै नयाँपनमा 'दिमाग खराब 'बनाउन लागेको मिडियामा बोलेका थिए । तर उनि एक्कासी उक्त प्रोजेक्ट छाडेर 'लुट २' तिर लागे । अब भने औपचारिक रुपै निश्चलको हातबाट उक्त नाम फुत्केको छ । चलचित्र विकास वोर्डमा कालिन्चोक डिजिटल नेपाल प्रा.लि. को लागी आगद केसीले फिल्मको टाईटल दर्ता गराएका छन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ माघ ७, शुक्रवार
'लभ लभ लभ' निर्मात्री शर्मिला पाण्डेले भन्दै आएकी छिन्, 'फिल्मको उच्च मेकिङको लागी कुनै कन्जुस्याईं गरेकी छैन्, प्रचारमा पनि यो लागु हुन्छ, राम्रो कन्टेन्ट भएकै कारण निर्माणमा आएकी हुँ ।' निर्मात्री पाण्डेको यो भनाइ बिहिबार सार्वजनिक उनको फिल्मको गीतमा पनि लागु भएको छ । राम्रो प्रस्तुती भएको रोमान्टिक गीत रिलिज हुँदा कता कता पाण्डेका कुराहरु पनि व्यक्त छन् ।
Results : 11269 - 11274 of 21201