Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बकम्फुसे राजा’ मा दया र बर्षा, खगेन्द्रको केमियो

फिल्मीखबर, काठमाण्डौ, 2018/09/28
फिल्म ‘बकम्फुसे राजा’ निर्माण अगावैदेखि चर्चामा छ । अभिनेत्री द्वय बर्षा राउत र बर्षा सिवाकोटीलाई फिल्म अप्रोज गरेपछि दर्शकमा फिल्मलाई लिएर चासो बढेको थियो । अन्ततः राउतले फिल्म साइन गरेपछि सिवाकोटीले नगर्ने भएकी छन् । 
 
सिवाकोटीको ठाउँमा अभिनेत्री नीता ढुंगानाको ईन्ट्री भएको छ । घटस्थापनाको दिन एक औपचारिक कार्यक्रमका बीच फिल्मका सम्पूर्ण कलाकारको जानकारी दिइने निर्देशक प्रकाश सुवेदीले बताए । फिल्ममा विल्सन विक्रम राई पनि अनुबन्ध भएका छन् । 
 
 
निर्देशक सुवेदीले फिल्ममा दयाहाङ राईको प्रमुख भूमिका रहने बताए । खबरअनुसार, फिल्ममा उनको अपोजिटमा बर्षा हुनेछिन् । अभिनेता खगेन्द्र लामिछानेको समय अभावका कारण ‘बकम्फुसे राजा’ मा दयाहाङ लिइएको हो । खगेन्द्रको फिल्ममा केमियो हुने निर्देशक सुवेदीले बताए । 
 
फागुनबाट फ्लोरमा निस्कने फिल्मका लागि बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यलाई पनि अफर गरिएको छ । उनले फिल्म गर्ने वा नगर्ने विषयमा कुनै आधिकारिक जानकारी दिएका छैनन् । सुवेदी फिल्मसको ब्यानरमा बन्ने कमेडी जनराको यस फिल्ममा गणेश सुवेदीको लगानी रहनेछ । 
 
विष्णु कल्पितले खिच्ने फिल्मका गीतमा अर्जुन पोखरेलले संगीत भर्नेछन् । फिल्ममा सुनिल श्रेष्ठको स्क्रिप्ट हो । निर्देशक सुवेदीले ‘हर्के हवाल्दार’ र ‘रिसानी माफ पाउँ’ जस्ता हाँस्य टेलिसिरियल निर्देशन गरिसकेका छन् । 
Most Visited News (monthly)