मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11293 - 11298 of 21142
फिल्मीखबर, काठमाण्डौ, २०७३ पौष ७, बिहिवार

ललितपुरको श्रिकाली चौरमा फिल्म ‘छक्कापञ्जा’ले प्रर्दशनको सय दिनको खुसियाली मनाएको छ । निर्माण टिमले फिल्मकर्मी, संचारकर्मी र शुभचिन्तक माझ बनभोज कार्यक्रमको आयोजना गरी बुधबार खुसीयाली ‘सेलिव्रेसन’ गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, २०७३ पौष ७, बिहिवार

प्रचण्डमान श्रेष्ठद्वारा निर्देशित फिल्म 'लभ सासा' को ट्रेलर सार्वजनिक गरिएको छ । जसलाई निर्माण गरेका छन् माधव वाग्लेले। साढे दुई मिनेट भन्दा लामो ट्रेलरमा केकी अधिकारी र कर्मा शाक्य प्रमुख भुमिकामा छन् ।

फिल्मीखबर, काठमाडौं, २०७३ पौष ६, बुधवार
पछिल्लो समय कलाकारहरु राजनीतिक पार्टीमा लाग्ने क्रम बढ्दो छ । केहि दिन पहिले अभिनेत्री रेखा थापा राप्रपा प्रवेश गरिन् । त्यो पनि करिश्मा मानन्धर र कोमल ओली क्रमश नयाँशक्ती र राप्रपा प्रवेश गरे । यो बीचमा बुधबार केहि कलाकारको टोली भने देशको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेको छ ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष ६, बुधवार
बिग बि अमिताभ बच्चन स्टारर वलिउडको चर्चित फिल्म'भुतनाथ' निर्देशन गरेका विवेक शर्माको एक्शन कट मा बन्न लागेको नेपाली फिल्म 'मेरो पैसा खोई'को कास्टिङ लाईनअप पुरा भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सौगात मल्ल र बर्षा शिवाकोटी लिड अभिनयमा रहने गरी लिड कलाकारको नाम सार्वजनिक गरियो । 
फिल्मीखबर, काठमाडौं, २०७३ पौष ६, बुधवार
माघ महिनाबाट फ्लोरमा जान लागेको फिल्म 'ग्याङ्गस्टार ब्लूज'को कास्टिङ लाईनअप पुरा भएको छ । यसअघि नै 'जेरी' हिरोईन आना शर्मा र आशिरमान देशराज फाईल भईसक्दा अब भने अर्की अभिनेत्रीमा रोजिशा शाही ठकुरी थपिएसँगै कलाकार पुर्ण भएका हुन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष ६, बुधवार
छायाँकनको लागी पोखरा जाँदै गर्दा फिल्म 'प्रेमगीत २' युनिट बोकेको गाडी दुर्घटनामा परेको छ । निर्माता सन्तोष सेन ,निर्देशक रामशरण पाठकसँगै अभिनेता प्रदिप खड्का र कैलाश कटुवाल सवार गाडी ट्रकसँग ठोकिएको थियो ।

 

Results : 11293 - 11298 of 21142