मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11275 - 11280 of 21199
फिल्मीखबर, काठमाडौं, २०७३ माघ ६, बिहिवार

आफूभन्दा जुनियर अभिनेत्री फिल्म निर्देशनमा हाम्फालेको देखेपछि दुई पाका  अभिनेत्री गौरी मल्ल र करिष्मा मानन्धर पनि निर्देशनमा उत्रन लागेका छन् । हाल दुवै जना फिल्मको स्क्रिृप्ट तयार गर्र्न व्यस्स्त छन् । गौरी र करिष्माले प्रकाश थापाको ‘सन्तान’बाट  एकैपटक रजतपटको यात्रा थालेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०७३ माघ ४, मंगलवार
अभिनेता सौगात मल्ललाई अष्ट्रेलियामा फिल्म 'शब्द' प्रिमियरको लागी अभिनेत्री कमली वाइवाले हेलिकप्टर चार्टर गरेर भिषा समस्या समाधानको लागी काठमाडौंबाट मनास्लुसम्म लिन गएको समाचारले राम्रै चर्चा पायो । त्यसपछि सौगात र कमली एकसाथ अष्ट्रेलिया पनि गए, प्रिमियरमा पनि सहभागी भए । 
फिल्मीखबर, काठमाडौं, २०७३ माघ ३, सोमवार

अरुणकुमार प्रधान निर्देशित फिल्म 'यो साइनो मायाको' रिलिजको लागी तयार छ । संभवत फागुनमा रिलिज हुने फिल्मको नामले नै लभस्टोरी प्याटन बोल्छ ।

फिल्मीखबर, काठमाडौं, २०७३ माघ ३, सोमवार

रिलिज मिति नजिकिँदै जाँदा फिल्म 'तारेभीर' निर्माण युनिटले प्रचारप्रसारलाई पनि तिब्रता दिएका छन् । छिट्टै रिलिज हुने भनिएको फिल्मको सोमबार एउटा गीत सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०७३ माघ ३, सोमवार
यसअघि ‘घोषणा’ गरिएको फिल्म ‘कसले चोर्यो मेरो मन फेरी’ लाई पर सार्दै अभिनेत्री रेखा थापाले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । रेखा फिल्मस्ले निर्माण गर्ने नयाँ फिल्मको नामाकरण 'रुद्र प्रिया' गरिएको छ, जसको शिर्ष भूमिकामा रेखा स्वयम प्रस्तुत हुनेछन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ माघ ३, सोमवार
अभिनेत्री शिल्पा पोखरेलले निर्माणमा डेब्यू गर्न लागेको फिल्म 'मंगलम'को शुभ साइत भएको छ । भेट्रान निर्माताको छबि बनाएका छबिराज ओझाको ब्यानरमा बन्न लागेको यो फिल्ममा शिल्पा कार्यकारी निर्माता छिन् ।
Results : 11275 - 11280 of 21199