Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सेक्सुअल ह्यारेस्मेन्ट’ को आरोप बारे बोले नाना

एजेन्सी, मुम्बई, 2018/09/28
अभिनेता नाना पाटेकरले बिहीवार अभिनेत्री तनुश्री दत्ताले आफूमाथि लगाएको यौन उत्पीडनको आरोपको बारेमा मुख खोलेका छन् । उनले अब कानुनी एक्सन लिने बताएका छन् । 
 
तनुश्रीले एक दशकपछि यस हप्ता फेरि आफूमाथि लगाइएको आरोप बारे पहिलो प्रतिक्रिया दिँदै नानाले भने, 'तपाईहरु मलाई बताइदिनुस् कि एक व्यक्तिले केही भनेको भरमा म के गर्न सक्छु ? यौन उत्पीडनसँग के मतलब छ ?'  
 
 
तनुश्रीले २००८ मा 'हर्न ओके प्लीज' को छायांकनको क्रममा नानाको विरुद्धमा पहिलो पटक आरोप लगाएकी थिइन् र उनले हालै एक साक्षात्कारमा फेरि नानामाथि आरोप लगाएकी छन् । नानाले मिरर नाउसँग भने, 'म सेटमा थिएँ र त्यसबेला २ सय व्यक्ति हाम्रो सामुन्ने बसेका छन् । म के गर्न सक्छु ?'  
 
के कानुनको सहायता लिनुहुन्छ ? यस प्रश्नमा उनले भने, 'म हेर्ने छु कि कानुनी रुपमा के हुन्छ । मिडियासँग केही कुरा गर्नु पनि गलत/अनुचित हुनेछ किनकी तपाईहरु जे पनि छाप्न सक्नुहुन्छ ।'  
 
राष्ट्रीय पुरस्कार विजेता अभिनेताको एक फरक अनुहार भएको आरोपको प्रश्नमा नानाले भने, 'मानिसहरु जे पनि भन्न सक्छन् । म आफ्नो जिन्दगीमा त्यो काम गर्न कहिल्यै पछाडि हट्दिनँ, जुन म गरिरहेको छु ।'  
 
Most Visited News (monthly)