मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11305 - 11310 of 21159
बैकुण्ठराज पराजुली, दुबई, २०७३ पौष ९, शनिवार
ठुलो मेहनत अनि समय खर्चेर बनाएको आफ्नो फिल्म कुनै पनि अवार्ड समारोहमा उत्कृष्ट बन्दा त्यसबाट मुख्य खुसी निर्देशक हुन्छन्, जतिबेला उनको कामको जस मिलेको भान हुन्छ । तर शुक्रबार दुबईमा सम्पन्न नवौ संस्करणको नेफ्टा अवार्डमा 'पशुपतिप्रसाद' निर्देशक दिपेन्द्र के खनाल यो विषयमा भिन्न देखिए ।
बैकुण्ठराज पराजुली, दुबई, २०७३ पौष ९, शनिवार
चलचित्र प्राविधिक संघको आयोजनामा हरेक बर्ष हुँदै आएको नेफ्टा अवार्ड अन्तर्गत  नवौं संस्करणमा उत्कृष्ट फिल्म 'पशुपतिप्रसाद' घोषित भएको छ । युएईको दुबईमा शुक्रबार साँझ सम्पन्न भव्य अवार्ड समारोहमा पशुपतिप्रसादले उत्कृष्ट संवादमा पनि अवार्ड जित्यो । तर कार्यक्रममा उपस्थित निर्देशक दिपेन्द्र के खनाल अवार्ड थाप्न भने सटेज चढेनन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष ८, शुक्रवार

चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राई नेपालमा हुने फिल्म सम्बन्धी साना ठूला सबै खाले कार्यक्रममा पुगिरहेका हुन्छन् । स्तर नहेरी जसका कार्यक्रममा पुगेको भनी राजकुमार राईको आलोचनासमेत हुने गरेको छ । तर शुक्रबार दुबईमा भइरहेको नेफ्टा अवार्डमा राजकुमार राई गएनन् ? जबकी उनको नाममा भिसा र टिकट समेत इस्यु भइसकेको थियो । सधैंं विवादित बनेपनि नेफ्टा अवार्ड आफैंमा भने ब्रान्ड बनिसकेको अवार्ड हो ।

एजेन्सी, मुम्बई, २०७३ पौष ८, शुक्रवार

 सुल्तान राम्रो कि दंगल ? यहि प्रश्न सबैले सोधी रहेका हुन्छन् । तर अहिले यसको जवाफ सलमान खानले दिएका छन् । सलमान खानले ट्विटरमा लेखेका छन्-' आज मेरो सम्पुर्ण परिवारले फिल्म दंगाल हेरेर फिल्म सुल्तान भन्दा पनि दंगाल धेरै राम्रो रहेको प्रतिक्रिया बताए ।

फिल्मीखबर, काठमाडौं, २०७३ पौष ८, शुक्रवार


वैशाख १ आउने तयारीमा रहेको ‘लालपूर्जा’ वैशाख २८ मा रिलिज हुने भएको छ । पहिला फिल्म वैशाख १ मा आउने चर्चा थियो । सोही मितिमा सिनेमा आर्टको ब्यानरमा बनेको फिल्म ‘घामपानी’ले पनि रिलिज मिति तोकिसकेको सन्दर्भमा ‘लालपूर्जा’ र ‘घामपानी’ बीचको सम्भावित भिडन्तले फिल्म उद्योग तरङ्गित भएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, २०७३ पौष ७, बिहिवार

ललितपुरको श्रिकाली चौरमा फिल्म ‘छक्कापञ्जा’ले प्रर्दशनको सय दिनको खुसियाली मनाएको छ । निर्माण टिमले फिल्मकर्मी, संचारकर्मी र शुभचिन्तक माझ बनभोज कार्यक्रमको आयोजना गरी बुधबार खुसीयाली ‘सेलिव्रेसन’ गरेको हो ।

Results : 11305 - 11310 of 21159