Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पाइलट बन्दै जाह्नवी कपूर

एजेन्सी, मुम्बई, 2018/09/29
अभिनेत्री जाह्नवी कपूरले जुलाईमा आएको फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरिन् । ईशान खट्टर फिल्ममा उनको हिरो थिए र शशांक खेतानले निर्देशन गरेका थिए । फिल्म रिलिजको केही दिनमा करण जौहरले आफ्नो सोसल मिडियोबाट कन्फर्म गरे कि जाह्नवी उनको बिग बजेटको फिल्म ‘तख्त’ को हिस्सा हुनेछिन् । 
 
खबरअनुसार, जाह्नवीले धर्मा प्रोडक्शनको एक अर्को बायोपिक फिल्म साइन गर्दैछिन् । उनले बलिउडमा आफ्नो तेस्रो फिल्म पनि करणको साथ गर्ने पक्कापक्की भएको भारतीय मिडियाले बताएका छन् । डेब्यु फिल्म रिलिजपछि उनी अहिले करणको रेखदेखमा छिन् । 
 
 
जाह्नवीले केही हप्तादेखि फिल्मको तयारी सुरु गरिसकेकी छिन् । उनले हालैमा कहानी र व्यवहार बुझ्न गुञ्जन सक्सेनासँग पनि भेट गरेको खबर छ । अर्को वर्षबाट फिल्मको छायांकन सुरु हुने बताइएको छ । फिल्मलाई करणले निर्माण गर्नेछन् भने अझैसम्म निर्देशन फाइनल भएको छैन ।    
 
जाह्नवीको यो फिल्म भारतीय वायु सेनाकी पहिलो महिला हेलीकाप्टर पाइलट गुञ्जनको जिन्दगीमा आधारित हुनेछ । यो फिल्ममा एक्ट्रेस पहिलो हेलीकाप्टर महिला पाइलट गुञ्जनको भूमिकामा देखिनेछिन् । केही दिन अगाडि एक पिक्चर पब्लिस भएको थियो, जसमा जाह्नवी, गुन्जनसँग देखिएकी थिइन् । 
 
गुञ्जनको जिन्दगीको कहानी निकै प्रेरणादायक छ । उनी भारतीय वायुसेनाकी पहिलो हेलीकाप्टर महिला पाइलट हुन्, जसले १९९९ मा कारगिल युद्धको क्रममा आफ्नो साथी लेफ्टिनेन्ट श्रीविदया राजनसँग मिलेर कयौं घायल सैनिकको ज्यान बचाएकी थिइन् । 
Most Visited News (monthly)