रेखा फिल्मस्को ब्यानरमा निर्मित फिल्म ‘मालिका’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । अभिनेत्री रेखा थापा निर्देशित तथा अभिनीत फिल्मले बाल विवाहको कथा भन्छ ।
 (2).jpg)
ट्रेलरमा रेखा र डेब्यु गर्ल कमला वली हाबी छन् । कमर्शियल भ्यालु देखिएको ट्रेलरमा एक नारीको सशक्त र कमजोर दुई रुप देखाउन खोजिएको छ । ट्रेलर रेखाको एक्सन र डाइलगबाट भरिपूर्ण छ । फिल्मले नारी सशक्तिकरणको आवाज उठाएको रेखाले बताइन् ।
रामशरण उप्रेतीको छायांकन रहेको यो फिल्म यस वर्षको कृष्ण नवमी अर्थात् कात्तिक १६ गते रिलिज हुँदैछ । शिवम अधिकारीको पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ ।
नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्माताको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् । यसअघि सार्वजनिक भएको ‘मालिका’ को 'हल्का माया' बोलको गीत अहिले चर्चामा छ ।
 (1).jpg)
'हिम्मतवाली' पछि पुनः निर्देशनमा हात हालेकी रेखा गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'रुद्रप्रिया' पछि पर्दामा देखिन लागेकी हुन् । एक्सन अभिनेत्रीको छवि बनाएकी उनले अचेल समाजमा जरा गाडेर बसेका विकृती र विसंगतिलाई फिल्ममार्फत् टिप्न थालेकी छन् ।
ट्रेलर हेर्नुहोस् :-

