Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 103 - 108 of 24136
फिल्मीखबर, काठमाडौं, 2026-08-20, बिहिवार

सुपरहिट फिल्म ‘परान’का जोडी महेश त्रिपाठी र अञ्जना बराइलीको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘आशा’को छायांकन सकिएको छ । बुधबार ३१ दिनमा फिल्मको छायांकन पूरा भएको निर्मात्री शर्मिला थापाले जानकारी दिइन् । फिल्मको छायांकन काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल नगरपालिकाका विभिन्न ठाउँमा गरिएको हो । 

फिल्मीखबर, काठमाडौं, 2026-08-20, बिहिवार

अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको फिल्म ‘मास्टर्नी’ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । बुधबार ललितपुरको लबिम मलमा आयोजित प्रिमियरमा फिल्मकर्मीसँगै विभिन्न क्षेत्रका व्यक्तिले फिल्मको कथा, प्रस्तुति र कलाकारको अभिनयको खुलेर प्रशंसा गरे । कतिपयले क्राइम थ्रिलर जनरामा बनेको अहिलेसम्मकै उत्कृष्ट फिल्मको समेत संज्ञा दिए ।

फिल्मीखबर, काठमाडौं, 2026-08-20, बिहिवार

हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ दुई महिना लामो नेपाल बसाइँपछि पुनः अमेरिका फर्किएका छन् । गत जेठ अन्तिममा छोरी सुबिहानीको साथमा नेपाल आएका उनले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै राज्यले आफ्नो आवाज नसुनेपछि ऋण र पीडाको भारी बोकेर मातृभूमिबाट फेरि फर्किन बाध्य भएको उल्लेख गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-08-19, बुधवार

चर्चित हास्य टेलिभिजन शो ‘कमेडी दरबार’को समूहले पहिलो पटक निर्माण गरेको फिल्म ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ भने अर्जुन स्वयंको संगीत तथा सन्तोष सापकोटाको शब्द छ । गायक सापकोटाले यही गीतबाट पार्श्व गायनमा डेब्यू गरेका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2026-08-19, बुधवार

‘दान्भी’ निर्देशक रुपेश तामाङको नयाँ फिल्म ‘एक्का तीन’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एक्सन जनरामा बन्ने फिल्मको पोस्टरमा अभिनेत्री द्वय पूजा शर्मा र कविता नेपाली आमनेसामने देखिएका छन् । दुवैको अनुहारमा रिसको आवेग देखिन्छ । यसले पूजा र कविताको टकरावमा फिल्म केन्द्रित रहेको स्पष्ट संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2026-08-19, बुधवार

‘अगस्त्य’का निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘द राइज अफ साम्राज्य’मा ‘स्टार’ कलाकारको पल्टन नै हुने भएको छ । सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेन अनुबन्धित भइसकेको फिल्ममा अब कीर्तिमानी अभिनेता विजय बरालको प्रवेश भएको छ । बुधबार निर्देशक चौधरीले विजयलाई फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरेको जानकारी दिएका हुन् ।

Results : 103 - 108 of 24136