मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 103 - 108 of 22625
फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख ८, सोमवार

भारी बोक्ने भरियाको कथामा आधारित भएर बन्न लागेको फिल्म ‘कार्की साइँला’को शुभमुहूर्त गरिएको छ । सोमबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । फिल्मको मुख्य कलाकार जितु नेपाल र वर्षा सिवाकोटीले मुहूर्त सट दिएका थिए । उनीहरुले पहिलो पटक फिल्ममा एकसाथ काम गर्न लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख ८, सोमवार

आगामी बैशाख २६ गतेबाट प्रदर्शन हुन लागेको अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘ऊनको स्वीटर’का प्रचार सामाग्रीहरुले दर्शकलाई आकर्षित गरिरहेका छन् । चाहे ‘मखमली’ गीत होस् वा गत साता सार्वजनिक ‘काफ्ले’ गीत, दुईवटै लोकप्रिय बनेका छन् । फिल्मको टिजरलाई पनि दर्शकले रुचाएका छन् । ‘काफ्ले’ गीतले त यतिबेला टिकटक जस्ता प्लेटफर्म कब्जा नै गरेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख ७, आईतवार
फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख ७, आईतवार

ग्रामीण कथावस्तुमा बनेका फिल्मको प्रवर्द्धन गर्ने उद्देश्यले २०७९ सालदेखि आयोजना हुँदै आएको ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करणमा ‘अञ्जिला’ उत्कृष्ट फिल्म घोषित भएको छ । शनिबार महोत्सवको समापन समारोहमा फिल्मका निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठले अवार्ड ग्रहण गरे । सोही फिल्मबाट मिलन चाम्सले पनि उत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भए ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख ७, आईतवार

निर्देशक दिनेश राउतले ‘पूजार सार्की’पछि फेरि एकपटक मल्टीस्टारर फिल्म बनाएका छन् । त्यो फिल्म हो, ‘महाभोज’ । यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत लगायतको मुख्य भूमिका छ । ‘स्टारकास्ट’कै कारण चर्चामा रहेको यो फिल्म गणतन्त्र दिवसको अवसर पारेर आगामी जेठ १५ गतेदेखि प्रदर्शनको तयारीमा छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख ७, आईतवार

अभिनेता र अभिनेत्रीको जोडी दर्शकले रुचाएपछि ५/७ वटा फिल्ममा एकसाथ काम गर्नु सामान्य नै हो । तर, मलयालम फिल्मकी एक अभिनेत्रीले एउटै हिरोसँग १३० वटा फिल्ममा काम गरेर विश्व रेकर्ड नै बनाएकी छन् । ती अभिनेत्री हुन्, शीला देवी (सेलीन)। ६०/७० दशककी सर्वाधिक महंगी अभिनेत्री रहेकी उनले मलयालम अभिनेता प्रेम नाजीरसँग १३० वटा फिल्ममा काम गरेकी हुन् ।

Results : 103 - 108 of 22625