Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोकिएन जितुको फ्लप श्रृंखला !

फिल्मीखबर, काठमाडौं, 2026/09/30

Jit Bahadur Nepal

 

अभिनेता जितु नेपाल (मुन्द्रे) दीपक−दीपा समूहमा रहँदा असफलता भन्ने नै देखेनन् । उनले सहकार्य गरेका ‘छ एकान छ’देखि ‘छ माया छपक्कै’सम्म सबै व्यावसायिक रूपमा सफल भए । त्यसबाट उनको आम्दानी पनि राम्रो भयो । तर, महानायक विवादपछि उनी दीपक−दीपा समूहबाट अलगिए । यसपछि उनको करिअर पनि ओरालो लाग्न थालेको छ । 

केही वर्षअघि उनको चर्चित कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भयो । यसपछि फिल्ममा केन्द्रित भएका उनलाई गएको तीन वर्षमा असफलता मात्र हात परेको छ । दीपक−दीपाको समूहबाट अलगिएपछि उनले पहिलो फिल्म ‘ह्यारी कि प्यारी’ गरे । मुख्य भूमिकामा उनको यो पहिलो फिल्म समेत थियो । तर, न फिल्म सफल भयो न उनको अभिनयकै सराहना भयो । 

यसपछि उनले ‘ज्वाइँ साब’, ‘कार्साङ’, ‘आइ एम जितबहादुर’ र ‘कार्की साइँला’मा अभिनय गरिसकेका छन् । तर, यी कुनैले उनलाई व्यावसायिक सफलता दिन सकेनन् । ‘आइ एम जितबहादुर’ उनी आफैँले निर्माण गरेको फिल्म समेत थियो । तर, यसले नेपालमा चानचुन ३५ लाख मात्रै कमायो । अर्थात् उनी फिल्म निर्माणमा पनि असफल भए ।

उनलाई सबैभन्दा ठूलो धक्का भने ‘कार्की साइँला’ले दिएको छ । असोज २ गते प्रदर्शन भएको फिल्मले १० दिनमा ६ लाख पनि कमाउन सकेन । गएको एक दशकमा उनको यो सबैभन्दा कम कमाउने फिल्म हो । एकातिर फिल्मको श्रृंखलाबद्ध असफलता र अर्कोतिर अभिनयमा प्रभाव छाड्न नसक्दा यतिबेला उनी आफ्नै करिअरलाई लिएर चिन्तित हुनुपर्ने अवस्थामा पुगेका छन् ।