
बैशाख महिना सुरु भएयता नेपाली फिल्मको व्यापार उदेकलाग्दो बनेको थियो । नाम चलेका कलाकार र समीक्षात्मक रुपमा अब्बल ठहरिएका फिल्मले समेत बक्स अफिस चलायमान बनाउन सकेनन् । जसले गर्दा फिल्म क्षेत्रमै निराशा छाएको थियो । तर, शुक्रबारबाट प्रदर्शन भएको ‘ऊनको स्वीटर’ले भने आशाको किरण छरेको छ । धेरैपछि हलमा दर्शकको राम्रो चाप देखिएको छ ।

नेपाली फिल्मको एउटा कालखण्डमा एकछत्र राज गरेका अभिनेता राजेश हमाल ८ वर्षपछि ठूलो पर्दामा देखिँदैछन् । आगामी ९ जेठमा प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहा अवतार’बाट उनले अभिनयमा पुनरागमन गरेका हुन् । यसमा उनी एक्सन अवतारमा प्रस्तुत छन् । बिहीबार सावजनिक भएको ट्रेलर हेर्दा उनी अन्यायविरूद्ध लड्ने पात्रको भूमिकामा रहेको बुझ्न सकिन्छ ।

परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘महाराजधिराज’मा नाम चलेका कलाकारहरु जोडिने श्रृंखला रोकिएको छैन । पल शाह हुँदै रमेश उप्रेती र आर्यन सिग्देलपछि अब अभिनेत्री वर्षा सिवाकोटी फिल्ममा अनुबन्धित भएकी छन् । निर्माण पक्षले बिहीबार उनीसँग लिखित सम्झौता गरेको हो । उनको प्रवेशसँगै फिल्ममा कलाकारको ‘लाइनअप’ थप बलियो बनेको छ ।

अभिनेताद्वय सौगात मल्ल र विपिन कार्कीको फिल्म पहिलोपटक हलमा आमनेसामने भएका छन् । उनीहरु अभिनीत फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएका हुन् । यी दुई फिल्मबीच व्यावसायिक प्रतिस्पर्धा भए पनि दुई टिमबीच सौहार्दपूर्ण सम्बन्ध देखिन्छ । दुवै फिल्मका कलाकारहरु एकअर्काको प्रिमियरमा सहभागी भएर भाइचाराको सन्देश दिएका थिए ।

अभिनेता राजेश हमालको आठ वर्षपछिको कमब्याक फिल्म ‘नरसिंहा अवतार’को एक्सनप्रधान ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १५ सेकेण्ड लम्बाइको ट्रेलरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण प्रकाश पारेको छ । बलात्कार, हत्या, हिंसा, भ्रष्टाचार जस्ता संवेदनशील विषयलाई फिल्मले उठान गरेको ट्रेलरबाट प्रष्ट हुन्छ ।

२२ अप्रिलमा जम्मु-काश्मिरको पहलगाममा भएको आक्रमणको बदला लिन मंगलबार राति भारतले पाकिस्तानमा हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ । यतिबेला यो शीर्षकमा फिल्म बनाउन बलिउडका निर्माताहरुबीच हानाथाप चलेको छ । बुधबारसम्म यो नाम लिन आधा दर्जन बढी निर्माताले आवेदन दिइसकेका छन् ।
- ‘महाराजधिराज’मा पल नरहने, निर्माताले गरे सम्झौता अन्त्यको घोषणा
- निर्देशकको टुंगो नलाग्दै ‘जदौ’मा साम्राज्ञी अनुबन्ध
- ‘पिताम्बर’ले ५१ दिन मनाएपछि घोषणा गरियो दोस्रो श्रृंखला
- पललक्षित निर्देशक सेनको टिप्पणी : ‘समर्पित भएर मेहनत गर्ने कलाकार चाहिन्छ’
- ‘पिताम्बर’ निर्देशकको नयाँ फिल्ममा तीन देशका कलाकार हुने