मिति : २०८२ आषाढ १, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 109 - 114 of 22702
फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख २८, आईतवार

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करण यही मंगलबारदेखि फ्रान्सको दक्षिणी सहर कान्समा आयोजना हुँदैछ । मे १३ देखि २४ तारिखसम्म हुन लागेको फेस्टिभलमा सहभागी हुन विश्वभरबाट कलाकार, निर्देशक, निर्माता तथा वितरकहरु कान्समा भेला भइरहेका छन् । यसपटक फेस्टिभलमा ‘मिसन इम्पोसिबल : द फाइनल रेकनिङ’ जस्ता फिल्मको प्रिमियर हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख २८, आईतवार

अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्म ‘नरसिंहाः अवतार’ आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । उनले ८ वर्षपछि कमब्याक गरेकाले फिल्मलाई लिएर दर्शक उत्साहित देखिन्छन् । त्यो उत्साह हालै सार्वजनिक भएको ट्रेलरमा पनि देख्न सकिन्छ । युट्युब रिलिजको २० मिनेटमै ट्रेन्डिङमा परेको ट्रेलरलाई लोभलाग्दो भ्यूजसहित उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख २८, आईतवार

नेपालमा स्थापित कलाकारका सन्तानले फिल्ममा डेब्यु गर्ने ट्रेन्ड सामान्यजस्तै बनिसकेको छ । तर, सन्तानपछि आमाबुबाले फिल्ममा डेब्यु गरेको भने देखिएको थिएन । पहिलो पटक नेपाली फिल्ममा एक अभिनेत्रीकी आमाले डेब्यु गरेकी छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहकी आमा नेहा राज्यलक्ष्मी शाहले फिल्म ‘आहुति : द वे अफ चेन्ज’बाट अभिनय करिअर सुरु गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख २७, शनिवार

शुक्रबारबाट प्रदर्शनमा आएको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’ले नेपालमा अपेक्षित व्यापार गर्न सकेको छैन । पहिलो दिन फिल्मको देशव्यापी अकुपेन्सी १० प्रतिशत पनि भएन । शनिबार विदामा भने अकुपेन्सी दर केही वृद्धि भएको छ । व्यापार कमजोर भए पनि फिल्मलाई दर्शकीय प्रतिक्रिया राम्रो मिलेको छ । प्रायःले अभिनय, संगीत, छायांकन जस्ता पक्ष रुचाएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख २७, शनिवार

बैशाख महिना सुरु भएयता नेपाली फिल्मको व्यापार उदेकलाग्दो बनेको थियो । नाम चलेका कलाकार र समीक्षात्मक रुपमा अब्बल ठहरिएका फिल्मले समेत बक्स अफिस चलायमान बनाउन सकेनन् । जसले गर्दा फिल्म क्षेत्रमै निराशा छाएको थियो । तर, शुक्रबारबाट प्रदर्शन भएको ‘ऊनको स्वीटर’ले भने आशाको किरण छरेको छ । धेरैपछि हलमा दर्शकको राम्रो चाप देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख २६, शुक्रवार

नेपाली फिल्मको एउटा कालखण्डमा एकछत्र राज गरेका अभिनेता राजेश हमाल ८ वर्षपछि ठूलो पर्दामा देखिँदैछन् । आगामी ९ जेठमा प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहा अवतार’बाट उनले अभिनयमा पुनरागमन गरेका हुन् । यसमा उनी एक्सन अवतारमा प्रस्तुत छन् । बिहीबार सावजनिक भएको ट्रेलर हेर्दा उनी अन्यायविरूद्ध लड्ने पात्रको भूमिकामा रहेको बुझ्न सकिन्छ ।

Results : 109 - 114 of 22702
Most Visited News (monthly)