Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुले दिइन् छोरालाई जन्म, सविन भन्छन्, ‘सबैभन्दा अमूल्य उपहार’

फिल्मीखबर, काठमाडौं, 2026/09/29

sabin shrestha and anu shah

 

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहलाई पुत्रलाभ भएको छ । अनुले मंगलबार मध्यान्ह काठमाडौंको एक अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको सविनले जानकारी दिए । उनले छोराको हात समाएको एक तस्बिर फेसबुकमा पोस्ट गर्दै आफूले संसारकै सबैभन्दा अमूल्य उपहार पाएको उल्लेख गरेका छन् । 

सविन र अनु गत वर्षको असोजमा विवाह बन्धनमा बाँधिएका थिए । त्यसअघि उनीहरू करिब आठ वर्ष प्रेम सम्बन्धमा थिए । उनीहरूले ‘लक्ष्य’ र ‘आधी बाटो’ गरी दुईवटा फिल्ममा अभिनय समेत गरेका छन् । पछिल्लो समय उनीहरूले युट्युबका लागि बनाउने रमाइलो शैलीको ‘भ्लग’ दर्शकले निकै रुचाएका छन् ।

कामको कुरा गर्दा सविनको नयाँ फिल्म ‘आ बाट आमा २’ असोज ३० गते प्रदर्शन हुँदैछ । यतिबेला उनी यही फिल्मको प्रचारमा व्यस्त छन् । उनको लाइनअपमा एक्सन फिल्म ‘कश्यप’मा पनि छ । अनुले भने फिल्ममा काम नगरेको दुई वर्षभन्दा बढी भइसकेको छ । उनी पछिल्लो पटक सन् २०२४ मा रिलिज भएको फिल्म ‘ईश्वर’मा देखिएकी थिइन् ।