Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 85 - 90 of 24232
फिल्मीखबर, काठमाडौं, 2026-09-23, बुधवार

दसैंको छेको पारेर असोज २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘टनेल २६’को ट्रेलर सार्वजनिक गरिएको छ । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्मको ट्रेलरले कथावस्तुबारे जानकारी दिएको छ । भुटानको जलविद्युत् सुरुङभित्र भएको हताहतीको घटनालाई फिल्मको मुख्य विषयवस्तु बनाइएको ट्रेलरले प्रस्ट्याउँछ ।

फिल्मीखबर, काठमाडौं, 2026-09-23, बुधवार

अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’ भाइटीकाको भोलिबाट प्रदर्शनमा आउने भएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै कात्तिक २६ गते (१२ नोभेम्बर)लाई फिल्मको नयाँ प्रदर्शन मिति तय गरिएको हो । यसअघि फिल्मलाई दसैंमा रिलिजको तयारी गरिएको थियो । तर, दसैंमा रिलिजको चाप उच्च भएपछि फिल्मलाई तिहारमा सारिएको हो । 

फिल्मीखबर, काठमाडौं, 2026-09-22, मंगलवार

बलिराम चौहानको निर्देशनमा बन्न लागेको फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ । मंगलबार हरिपरिवर्तिनी एकादशीको अवसरमा ललितपुरको कार्यविनायक मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्म निर्माणको औपचारिक सुरुवात गरियो । उक्त समारोहमा निर्देशक चौहानसहित फिल्मका सम्पूर्ण कलाकारहरूको उपस्थिति रहेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2026-09-22, मंगलवार

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जनधन र भौतिक संरचनामा ठूलो क्षति पुर्‍याउँदा त्यसको असर फिल्म क्षेत्रमा पनि पर्‍यो । प्रदर्शनको संघारमा रहेका एकपछि अर्को फिल्म सरे । तर, अभिनेत्री नीता ढुंगानाले आफ्नो निर्देशनमा बनेको फिल्म ‘पार्वती’को रिलिज रोकिनन् । उनले ठूलो जोखिम मोलेर भदौ १२ गते फिल्म रिलिज गरिन् । 

फिल्मीखबर, काठमाडौं, 2026-09-22, मंगलवार

यही शुक्रबार (९ असोज)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आचार्य’को ट्रेलरले युट्युबमा भ्यूजको बाढी ल्याएको छ । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्मको ट्रेलरले युट्युब रिलिजको तीन दिनमा १५ लाखभन्दा बढी भ्यूज पाइसकेको छ । ट्रेलरलाई प्रतिक्रिया पनि उत्कृष्ट मिलेको छ । प्रायःले निखिलको एक्सनको प्रशंसा गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-09-22, मंगलवार

दशकौंदेखि नेपाली फिल्मको प्रिमियर काठमाडौं केन्द्रित हुँदै आएको छ । विशेषगरी आर्थिक सहजताका कारण निर्माताहरूले फिल्मको प्रिमियरका लागि काठमाडौं नै रोज्ने गरेका छन् । तर, यही शुक्रबार (९ असोज)बाट प्रदर्शन हुन फिल्म ‘बाः एक योद्धा’ले भने यो परम्परा तोडेको छ । फिल्मको काठमाडौंभन्दा अघि नेपालगञ्ज, दाङ, धरान र बुटवलमा प्रिमियर भइसकेको छ ।

Results : 85 - 90 of 24232
Most Visited News (monthly)