मिति : २०८२ आषाढ १, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 97 - 102 of 22704
एजेन्सी, काठमाडौं, २०८२ ज्येष्ठ १, बिहिवार

वर्षौंदेखि भारत-पाकिस्तानबीच शीतयुद्धको अवस्था छ । केही हप्ताअघि भारतको कश्मीरको पहलगाममा भएको आक्रमणपछि दुई देशबीच युद्ध छेडिएको थियो । अहिले युद्धविराम भए पनि स्थिति तनावपूर्ण नै छ । युद्धमा होमिँदै गर्दा दुवै देशले एकअर्काको फिल्मदेखि कलाकारसम्मलाई प्रतिबन्ध लगाए । भारतमा त पाकिस्तानी कलाकारको इन्स्टाग्राम एकाउन्ट नै प्रतिबन्ध गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख ३१, बुधवार

मंगलबार साँझ फिल्म ‘महाभोज’का निर्देशक र कलाकारहरुको एउटा पोस्टले सनसनी नै मच्चायो । कलाकारहरु आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ र निर्देशक दिनेश राउतले ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने वाक्य फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेका थिए । यसपछि धेरैले टिमभित्र ठूलै तनाव उत्पन्न भएको हुनसक्ने अनुमान लगाए ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख ३१, बुधवार

कलाकारको बलियो ‘लाइनअप’ रहेको फिल्म ‘के घर के डेराः घर नं २’ यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ । यसमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी जस्ता चिरपरिचित कलाकार छन् भने ‘पशुपति प्रसाद’ निर्देशक दीपेन्द्र के. खनालको निर्देशन तथा उपन्यासकार बुद्धि सागरको लेखन छ । ती तीन कारणले फिल्मप्रति दर्शकमा उच्च अपेक्षा छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख ३०, मंगलवार

डेढ दशकभन्दा लामो समयदेखि सरकारको नीति तथा कार्यक्रम र बजेटमा मात्र सीमित भएको फिल्म छायांकन गर्ने अत्याधुनिक इन्डोर स्टुडियो अब भने निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच बनेपा नगरपालिकास्थित वडा नं. १० र १३ मा बन्ने स्टुडियोको निर्माण आरम्भ उद्घोष (शिलान्यास) गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख ३०, मंगलवार

सन्तोष कुमार आत्रेयको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘शिवांश’को छायांकन सुरु गरिएको छ । मंगलबार बिहान पोखराको लामाचौरस्थित अकला मन्दिरमा स्क्रिप्ट र क्यामरा पूजा गरेपछि दृश्य खिच्न थालिएको हो । फिल्मलाई पोखराका विभिन्न स्थानमा करिब एक महिना खिचिने निर्माता अञ्जान केसीले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख ३०, मंगलवार

निर्देशक शोभित बस्नेतले दुई चरणमा गरेर आफ्नो नयाँ फिल्म ‘पीआर’को सम्पूर्ण छायांकन सकाएका छन् । नेपालमा १० दिन छायांकन गरेपछि सोमबार फिल्म प्याकअप भएको हो । नेपालअघि गत फागुनमा १८ दिन अष्ट्रेलियामा फिल्म खिचिएको थियो । नेपालमा धम्पुस, पोखरा र चित्लाङमा फिल्मको छायांकन गरिएको हो ।

Results : 97 - 102 of 22704
Most Visited News (monthly)