
गत बैशाख २६ गतेबाट प्रदर्शन भएको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को नेपालमा व्यापारिक आँकडा निराशाजनक भए पनि दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । यसैले यतिबेला विदेशमा फिल्मको माग बढेको छ । भारतमा गत हप्ताबाटै प्रदर्शनमा आएको यो फिल्मको बिहीबारबाट मध्यपूर्वका देश र शुक्रबारबाट अमेरिकासहितका देशहरुमा प्रदर्शन सुरु भएको छ ।


निर्देशक निश्चल बस्नेतको परिचयको आयाम फराकिलो छ । निर्देशनसँगै अभिनय र गायनमा पनि आफूलाई प्रमाणित गरिसकेका उनले अब संगीतकारको रुपमा अर्को परिचय थपेका छन् । भोलि शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘के घर के डेरा: घर नं २’को ‘ढुङ्गा देउता भयो’ बोलको गीतमार्फत् उनले संगीत निर्देशनमा डेब्यु गरेका हुन् । यो गीत बिहीबार सार्वजनिक गरिएको छ ।


गत फागुनमा प्रदर्शन भएको ‘अञ्जिला’पछि शिथिल बनेको घरेलु बक्स अफिस अघिल्लो हप्ता (बैशाख २६ गते) प्रदर्शनमा आएको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ले चलायमान बनाएको छ । सन्तोषजनक ओपनिङ गरेको फिल्मलाई दोस्रो हप्ताको सम्मुखसम्म दर्शकको उच्च साथ मिलेको छ । काजकाजी दिनमा समेत फिल्मको देशव्यापी अकुपेन्सी उत्साहजनक देखिएको छ ।

प्रायः नेपाली फिल्मको प्रिमियर एउटै उद्देश्यका लागि हुन्छ । त्यो हो, फिल्मकर्मीबाट तारिफ सुन्न । र, उनीहरु पनि कुनै कमजोरी नै नभए झैँ गरी मुक्तकण्ठले तारिफ गरिदिन्छन् । त्यही सुनेर फिल्म हेर्न गएका दर्शक भने निराश हुँदै हलबाट बाहिरिन्छन् । यसैले अचेल प्रिमियरमा हुने फिल्मकर्मीहरुको तारिफलाई दर्शकले झूठो मान्ने गरेका छन् । र, त्यसमा कसैले पनि विश्वास गर्दैनन् ।
- ‘महाराजधिराज’मा पल नरहने, निर्माताले गरे सम्झौता अन्त्यको घोषणा
- निर्देशकको टुंगो नलाग्दै ‘जदौ’मा साम्राज्ञी अनुबन्ध
- ‘पिताम्बर’ले ५१ दिन मनाएपछि घोषणा गरियो दोस्रो श्रृंखला
- पललक्षित निर्देशक सेनको टिप्पणी : ‘समर्पित भएर मेहनत गर्ने कलाकार चाहिन्छ’
- ‘पिताम्बर’ निर्देशकको नयाँ फिल्ममा तीन देशका कलाकार हुने