Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 91 - 96 of 24136
फिल्मीखबर, काठमाडौं, 2026-08-23, आईतवार

२०८९ सालको सुपरहिट फिल्म ‘झिंगेदाउ’ भदौ ५ गतेबाट युट्युबमा सार्वजनिक भइसकेको छ । फिल्म रिलिज भएसँगै भ्यूजको बाढी नै आएको छ । रिलिजको तीन दिनमै २२ लाखभन्दा बढीले फिल्म हेरिसकेका छन् । फिल्मलाई प्रतिक्रिया पनि उत्कृष्ट मिलेको छ । अब यो फिल्मको सिक्वेल ‘झिंगेदाउ २’ असोज २ गतेबाट प्रदर्शनमा आउँदैछ । 

फिल्मीखबर, काठमाडौं, 2026-08-23, आईतवार

विवश कुमार माझी र मोहन केसीको संयुक्त निर्देशनमा बनेको फिल्म ‘बुकी’को भलिबल खेलमा आधारित गीत सार्वजनिक गरिएको छ । प्रमोद खरेल र रचना रिमालको स्वर रहेको ‘तनमनमा भलिबल’ गीतमा भलिबल खेलमार्फत राष्ट्रका लागि आफ्नो जीवन समर्पित गरेका खेलाडीको कथा प्रस्तुत गरिएको छ । गीतमा मोहन केसीको शब्द तथा दीपक शर्माको संगीत छ । 

फिल्मीखबर, काठमाडौं, 2026-08-23, आईतवार

‘प्रेमगीत’का निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ फिल्म ‘शुभ विवाह’को छायांकन सुरु गरेका छन् । आइतबार बिहान तालनगरी पोखरामा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको छायांकन थालिएको हो । फिल्मका लागि पहिलो सट प्रदीप खड्का र सनिशा भट्टराईले दिए । ४५ दिनसम्म छायांकन हुने फिल्मलाई महाशिवरात्रिको अवसर पारेर फागुन २१ गते प्रदर्शन गरिँदैछ । 

फिल्मीखबर, काठमाडौं, 2026-08-23, आईतवार

२०८० सालको सुपरहिट फिल्म ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलले नयाँ फिल्म ‘खसेको तारा’ निर्माण गर्ने भएका छन् । फिल्मको निर्देशकमा उनले सुयोग गुरुङलाई अनुबन्धित गरिसकेका छन् । सुयोग तिनै निर्देशक हुन्, जसले गत वर्ष ‘जेरी अन टप’ जस्तो ब्लकबस्टर फिल्म दिएका थिए । उनी ‘सानो मन’ र ‘फर्की फर्की’का पनि निर्देशक हुन् । 

फिल्मीखबर, काठमाडौं, 2026-08-22, शनिवार

आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जदौ’को टिजर सार्वजनिक गरिएको छ । शनिबार युट्युबमार्फत सार्वजनिक झन्डै एक मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । दुई पुस्ताको सम्बन्धलाई केन्द्रमा राखिएको टिजरमा त्रिकोणात्मक प्रेम र श्रीमान्-श्रीमतीबीचको झगडालाई प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-08-21, शुक्रवार

संगीतकारको रूपमा परिचित हरि लम्सालको डेब्यू निर्देशकीय फिल्म ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच साढे २ मिनेट लामो ट्रेलर दर्शकमाझ ल्याइएको हो । ट्रेलरले फिल्मको कथावस्तु संक्षिप्तमा प्रकाश पारेको छ । एउटा खुसीयाली परिवारमा आएको विग्रहको कथा यसमा समेटिएको छ । 

Results : 91 - 96 of 24136