Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कंगाल करोडपति’को छायांकन सुरु, मुख्य भूमिकामा मुकुन

फिल्मीखबर, काडमाडौं, 2026/09/30

kangal karodpati

 

राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘कंगाल करोडपति’को छायांकन सुरु गरिएको छ । मंगलबार काठमाडौंको गोकर्णबाट फिल्मको छायांकन थालिएको हो । चार दिन गोकर्णमा छायांकन गरेपछि निर्माण टिम चितवन प्रस्थान गर्नेछ । त्यहाँ करिब एक महिना छायांकन हुने जनाइएको छ । दसैंमा भने केही दिन छायांकन स्थगित गरिने निर्देशक श्रेष्ठले बताए ।

प्रवीण आचार्यको प्रस्तुतिमा बन्ने फिल्ममा मुकुन भुसाल, मन्जिल कुमार, आरती आचार्य, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी, भीमसेन खतिवडालगायतको अभिनय रहनेछ । यही फिल्मबाट सलिना तामाङले अभिनेत्रीको रूपमा डेब्यू गर्दैछिन् । 

सामाजिक कथामा निर्माण हुने फिल्मका निर्माता अनिल कुमार बुढाथोकी हुन् । अश्विन बराल, दीपेश तिरुवा, प्रवीन राई, छिरिङ तामाङ र प्रवेश सापकोटा सह-निर्माता छन् । फिल्मको कथा रामकृष्ण बजगाईंको हो भने पटकथा तथा संवाद चानस पुन मगरले तयार पारेका हुन् । फिल्ममा हरि घले लामाको छायांकन तथा एसडी योगी, निराजन राई र दिप्सन लिम्बूको संगीत रहनेछ ।