Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा २’को ‘अचेल किन कान्छी’ गीतमा प्रेमिल देखिए पल र मलिका

फिल्मीखबर, काठमाडौं, 2026/09/29

paul shah and malika mahat

 

दसैंको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ । प्रेमिल भावको यस गीतमा धनबहादुर गिरी (बाबुल)को शब्द तथा संगीत छ भने रवि ओड र गंगा सोनामले स्वर दिएका छन् । गीतमा युवायुवतीबीचको प्रेम र समर्पणको भाव प्रस्तुत छ ।

गम्भीर विष्टको कोरियोग्राफी तथा साहिल खानको सम्पादन रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी पल शाह र मलिका महत देखिएका छन् । उनीहरूले रोमान्टिक भावमा आकर्षक नृत्य प्रस्तुत गरेका छन् । उनीहरूबीच विवाहको विषयलाई लिएर नोंकझोक भएको पनि देख्न सकिन्छ । भिडियोमा आकाश श्रेष्ठको प्रवेशले भने त्रिकोणात्मक प्रेमकथातर्फ संकेत गर्छ । 

चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्ममा पल, मलिका र आकाशसहित विपना थापा, स्व. प्रदीप रावत (गजनी भिलेन), साइग्रेस पोखरेल, सविन श्रेष्ठ, गजित विष्ट, रिश्ता गुरुङ, निकिता आचार्य, नरेन खड्का, दीलिप अखेडा, बेगम नेपालीलगायतका कलाकारहरूको अभिनय रहेको छ । भारतीय कलाकार प्रदीपको यो अन्तिम नेपाली फिल्म हो ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा चन्द्र पन्तको कथा तथा पटकथा, सन्तोष भट्टको संवाद, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन, एलिस कार्कीको पार्श्व संगीत, राजेन्द्र मोक्तानको रंग संयोजन तथा राम−लक्ष्मण सेन्चुरीको द्वन्द्व निर्देशन छ । फिल्मले आमा−छोराको सम्बन्धलाई केन्द्रमा राखेर वैदेशिक रोजगारीको कथा प्रस्तुत गरेको छ ।