Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9853 - 9858 of 24024
फिल्मीखबर, काठमाडौं, 2019-05-25, शनिवार

दर्शकलाई सन्तुष्ट बनाउन सफल एक ब्रान्ड हो- ‘ए मेरो हजुर’ । यो नाम आफैंमा दर्शकलाई हलसम्म तान्न सक्ने ल्याकत छ । यसैले पनि अभिनेत्री टर्न निर्देशक झरना थापाले नयाँ नाममा फिल्म बनाउने जोखिम उठाउन सकेकी छैनन् । गएको चैत अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ ले पनि बक्सअफिसमा लोभलाग्दो व्यापार गरेपछि निर्देशक थापा फेरि यही फिल्मको चौथो पार्ट निर्माणको सोचमा छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-24, शुक्रवार

अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माको करिअरको टर्निङ पोइन्ट बनेको फिल्म हो- 'प्रेमगीत' । सुदर्शन थापा निर्देशित तथा सन्तोष सेन निर्मित यो फिल्म बक्सअफिसमा नराम्रोसँग पिटिए पनि दर्शक र समीक्षकले औधि रुचाएका थिए । यसको दोस्रो पार्टले भने समीक्षकलाई चित्त बुझाउन सकेन । तर, फिल्मले बक्सअफिसमा राम्रो पैसा छापेको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-24, शुक्रवार

मुनाफाको ५० प्रतिशत दिने सर्तमा पहिलो पटक बाहिरी ब्यानरसँग सहकार्य गरेको दीपकराज गिरी र दीपाश्री निरौला समुहको नयाँ फिल्म ‘छ माया छपक्कै’ को बिहीवारबाट छायांकन सुरु भएकोे छ । गाजलु फेम्ड निर्माता रोहित अधिकारीको ब्यानर रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्र्माण हुने फिल्मलाई घामपानी र गापी फेम्ड निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । 

फिल्मीखबर, काठमाडौं, 2019-05-24, शुक्रवार

राजबहादुर सानेको लेखन र निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मन्द मन्द’ को प्रमुख भूमिकामा कसिस दाहाल र नविन रेग्मी अनुबन्ध भएका छन् । फ्लोरमा जानुअघि फिल्ममा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भए पनि बाँकी दुई कलाकार कसलाई लिने भन्नेमा निर्माता/निर्देशक अन्योलमा थिए । अन्ततः कसिस र नविन भित्रिएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-24, शुक्रवार

'नाइँ नभन्नू ल २' बाट सुखद डेब्यू गरेकी अभिनेत्री वर्षा सिवाकोटीले एक दर्जनको आसपासमा फिल्ममा काम गरिसकेकी छन् । तर, उनको करिअरलाई द्रुत गतिमा अगाडि बढाउन कुनैले मद्दत गरेनन् । उनलाई काम गर्नका लागि गरे जस्तो मात्र भयो । उनी सोलो हिरोइन भएको फिल्म आजसम्म कुनै फिल्म सफल छैनन् । न उनले कुनै फिल्ममा सम्झनलायक भूमिका निभाएकी छन् न त अभिनयकै जोडतोडले प्रशंसा भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-24, शुक्रवार

फरक धारका फिल्ममा रमाइरहेका निर्देशक साम्तेन भुटिया पहिलो पटक फिल्म ‘च च हुई’ बाट पूर्ण कमर्शियल फिल्म निर्माणतर्फ लम्किएका छन् । यो फिल्मको अहिले हङकङमा छायांकन भइरहेको छ । नेपाल छायांकन पूरा गरेर निर्माण टिम एक साताको सेड्युल लिएर गत शुक्रबार हङकङ उडेको हो । 

Results : 9853 - 9858 of 24024
Most Visited News (monthly)