Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9835 - 9840 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-05-29, बुधवार

तेस्रो पटक स्क्रिन साझेदार गर्न लागेका अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको प्रमुख भूमिका रहने फिल्म ‘पोइ पर्‍यो काले’ को पोखराबाट छायांकन सुरु भएको छ । बुधवार पोखराको विन्दावासिनी मन्दिरमा क्यामेरा पूरा गरेपछि फिल्मको औपचारिक रुपमा छायांकन सुरु भएको हो । 

एजेन्सी, मुम्बई, 2019-05-28, मंगलवार

यश स्टारर कन्नड फिल्म ‘केजीएफ’ च्याप्टर १ को सिक्वेलको अहिले धमाधम छायांकन भइरहेको छ । पहिलो पार्ट सुपरडुपर हिट भएपछि मेकर्सले ‘केजीएफ २’ को ठूलो स्केलमा प्लान गरिरहेका छन् । फिल्ममा बलिउड अभिनेत्री रवीना टण्डनलाई कास्ट गरिएको छ । तर, फिल्ममा उनको रोललाई लिएर भने कुनै खुलासा भएको छैन । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-28, मंगलवार

सुपरहिट फिल्म ‘प्रेमगीत’ को तेस्रो सिरिज ‘प्रेमगीत ३’ को दशैंको आसपासबाट छायांकन सुरु हुँदैछ । निर्र्माण टिमले केही दिन अगाडि मात्र छायांकन गर्ने स्थल र स्क्रिप्ट लक गरेको छ । फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । भने, अभिनेता प्रदीप खड्काले तेस्रो पटक प्रेमको भूमिका निभाउँदैछन् । यो फिल्मका लागि अहिले अभिनेत्री छनोटको काम भइरहेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-28, मंगलवार

निर्माणको ८ वर्षपछि आउँदो असार १३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘कीर्तिपुर स् द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा फिल्म आधारित छ । 

फिल्मीखबर, काठमाडौं, 2019-05-28, मंगलवार

जीवन्त अभिनय गर्ने कलाकार हुन्, पूजा शर्मा र सलोन बस्नेत । पूजाले हरेक फिल्ममा आफ्नो अभिनयमा निखारता प्रदान गर्दै आइरहेकी छिन् । भने, उनमा आफ्नो काँधमा बोकेर फिल्म सफल बनाउन सक्ने ल्याकत पनि छ । सलोेनको भने हरेक फिल्ममा अभिनयको गजबले प्रशंसा हुने गरेको छ । लिड हिरोको रुपमा चल्न नसके पनि उनी भएको फिल्ममा लिड रोल नै छाँयामा पर्छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-27, सोमवार

फिल्मी ब्लड हुन्, सुहाना थापा । उनकी आमा झरना थापाले नेपाली फिल्ममा आफूलाई कुशल अभिनेत्रीको रुपमा स्थापित गरिसकेकी छन् । एक समय एकसेएक सुपरहिट फिल्म दिएकी उनी केही वर्षयता अभिनयबाट दूरी बनाएर निर्माण र निर्देशनतर्फ सक्रिय छिन् । गत वर्षको अन्तिम महिनामा प्रदर्शनमा आएको फिल्म 'ए मेरो हजुर ३' बाट उनले छोरी सुहानालाई पनि आफूले हिँडेको बाटोमा ल्याएकी छन् । 

Results : 9835 - 9840 of 24024
Most Visited News (monthly)