
अभिनेता आमेश भण्डारी र अभिनेत्री नीता ढुंगानाले दुई फिल्म ‘तँ म र ऊ’ र ‘फूलै फूलको मौसम तिमीलाई’ मा साथ काम गरेका छन् । दुबै फिल्म बक्सअफिसमा नराम्रोसँग पिटिए पनि दुईको जोडीलाई दर्शकले निकै रुचाएका थिए । उनीहरु प्रेम जोडी पनि हुन् । तर, पूर्व । ‘फूलै फूलको मौसम तिमीलाई’ रिलिजसँगै दुईको ब्रेकअप भएको थियो ।

भिलेन टर्न अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म ’कप्स’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । जेठ १७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्मको दुई पोस्टरमा अनुपलाई एंग्री लुक्समा देख्न सकिन्छ । फिल्ममा उनी डिएसपीको भूमिकामा छन् । नव अभिनेत्री सन्दिपा लिम्बु, अनुपा भट्टराई र अमित गिरी पनि पोस्टरमा फिचर्ड छन् ।

झरना थापा निर्देशित फिल्म 'ए मेरो हजुर २' बाट सानदार डेब्यू गरेका अभिनेता सलिनमान बनियाको दोस्रो फिल्म 'यात्रा' गएको चैत २९ मा प्रदर्शनमा आएको थियो । आफ्नै डेब्यू फिल्मको तेस्रो सिरिजसँगको भिडन्तले बक्सअफिसमा यो फिल्मलाई ठूलो असर गरेको थियो । तर, फिल्मले हलमा हावा भने खाएन । निर्माताहरु फिल्मले घरेलु बजारबाटै लगानी उठाएको दावी गर्दै आइरहेका छन् ।

निर्देशम मिलन चाम्स निर्देशित फिल्म ‘बीर विक्रम २’ गएको शुक्रवारबाट देशभरका हलमा प्रदर्शनरत छ । पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्धि तामाङ स्टारर फिल्मले मित्रताको कथा वाचन गरेको छ । इनिसियल व्यापार राम्रो भए पनि आइतबारबाट फिल्मको कलेक्सन ग्राफ क्रमशः ओरालोलाग्दो छ । फिल्मलाई दर्शकले राम्रो नराम्रो दुबैथरी बोल्दा समीक्षकले भने पिटिक्कै रुचाएका छैनन् ।

करीब ३ वर्ष अगाडि निर्माण भएको फिल्म 'तँ म र ऊ' को सेटबाट अभिनेत्री नीता ढुंगाना र अभिनेता आमेश भण्डारीको प्रेम अंकुराएको थियो । प्रेममा रमाउँदै गर्दा दुईले दोस्रो पटक फिल्म 'फूलै फूलको मौसम तिमीलाई' मा स्क्रिन साझेदार गरे । उनीहरु प्रेम सम्बन्धमा रहेको यही फिल्मको प्रचार-प्रसारको क्रममा खुलेको थियो । तर, दुईको प्रेमको मुना राम्रोसँग फक्रिन नपाउँदै ओइलियो ।

'बाहुबली' फेम एक्टर प्रभासको नयाँ फिल्म ‘साहो’ सँग जोडिएको एक खबरले बलिउडमा ठूलो हलचल मच्चाएको छ । यो बलिउड सुपरस्टार सलमान खानका फ्यानका लागि कुनै ट्रीटभन्दा कम हुने छैन । खबरअनुसार, प्रभासको एक्सन ड्रामा ‘साहो’ मा दबंग खानले केमियो गर्न सक्नेछन् । मेकर्सले बलिउडका सबैभन्दा ठूला स्टार सलमानलाई गेस्ट अपीयरेन्सका लागि अप्रोच गरेका छन् ।

