Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9871 - 9876 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-05-21, मंगलवार

गएको डेढ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘तिमीसँग’ सँग फेम्ड निर्देशक शिशिर राणा अहिले नयाँ फिल्मको तयारीमा छन् । नाम चलेका कलाकारहरुको ठूलो जमघट गराएर उनी फिल्म ‘पोइ पर्‍यो काले’ बनाउँदैछन् । जेठ १३ गतेबाट फिल्मको छायांकन सुरु हुँदैछ । फिल्मको कथा निर्देशक राणा स्वयंले लेखेका छन् । सोमवार यस फिल्मको शुभ साइत गरिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-21, मंगलवार

चलचित्र निर्माता संघ र लुम्बिनी जेनेरल इन्सुरेन्सबीच ‘चलचित्र प्रोजेक्ट बीमा’ को औपचारिक सम्झौता भएको छ । फिल्म निर्माणको क्रममा आइपर्ने भैपरी घटनालाई मध्यनजर गर्दै निर्माता संघ र लुम्बिनी इन्सुरेन्सबीच कागजी सम्झौता भएको हो । सोमवार एक कार्यक्रमका बीच निर्माता संघका अध्यक्ष आकाश अधिकारी र लुम्बिनी इन्सुरेन्सका सीइओ एन.पि प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-21, मंगलवार

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनामा आधारित फिल्म ‘दासढुंगा’ को च्याप्टर २ निर्माण हुने भएको छ । सन् २०१० मा रिलिज भएको फिल्मलाई मनोज पण्डितले निर्देशन गरेका थिए । सिक्वेलमा भने उनलाई कुमार भट्टराईले रिप्लेस गरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-20, सोमवार

शिशिर राणाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पोइ पर्‍यो काले’ को सोमवार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले संयूक्त रुपमा फिल्मको मुहूर्त गरे । छायांकन आरम्भ नहुँदै आउँदो कात्तिक ८ गते दिपावलीमा फिल्म प्रदर्शनमा आउने निर्माण टिमले घोषणा पनि गरेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-20, सोमवार

डेढ दशक अगाडि एकसेएक सुपरहिट फिल्म दिएका निर्माता तथा निर्देशक अशोक शर्मालाई राजनीति पनि राम्रो गर्न आउने फिल्मकर्मी भन्ने गरिन्छ । उनीसँग हत्तपत्त जो कोही दुश्मनी मोल्न चाहँदैनन् । कतिपय उनलाई नेपाली फिल्मका बाघ निर्माता पनि भन्ने गर्दछन् । हक्की र निडर स्वभावका उनको कलाकारदेखि हल सञ्चालक सबैसँग निकै राम्रो सम्बन्ध छ । कोही उनको बोली काट्ने हिम्मत गर्दैनन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-20, सोमवार

अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ड्रिम्स’ बाट सानदार डेब्यू गरेकी साम्राज्ञी आरएल शाह अहिलेकी मोस्ट डिमान्डेड र महँगी अभिनेत्री मध्येकी एक हुन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म 'कायरा' मा अभिनेता आर्यन सिग्देलसँग रोमान्स गर्न १० लाख बुझेकी उनले हालै छायांकन सकिएको फिल्म 'मारुनी' मा १५ लाख पारिश्रमिक पाइन् । यसमा उनले अभिनेता पुष्प खड्कासँग रोमान्स गरेकी छन् । 

Results : 9871 - 9876 of 24024
Most Visited News (monthly)