Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

दीपेन्द्रको फिल्ममा किन छुट्दिनन् सुरक्षा ?

फिल्मीखबर, काठमाण्डौ, 2019/07/17
 
कुनै निर्देशक वा निर्माताले एउटै कलाकारसँग दोहोर्‍याएर पटक-पटक काम गरेको उदाहरण नेपाली फिल्म क्षेत्रमा निकै कम भेटिन्छ । अधिकांशको पहिलो फिल्मबाटै कहिल्यै पुनः टिमअप हुन नसक्ने गरि सम्बन्ध वारपार भएको हुन्छ । उदाहरणको रुपमा निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्कालाई लिन सकिन्छ । फिल्म 'प्रेमगीत' पछि दुईको टिमअप हुन सकेको छैन र भविष्यमा हुने सम्भावना पनि अत्यन्त न्यून छ । 
 
तर, नेपाली फिल्म क्षेत्रमा केही यस्ता निर्देशक तथा निर्माता पनि छन्, जो आफ्नो हरेक फिल्ममा एउटै कलाकार दोर्‍याइरहेका छन् । निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्मा एक उदाहरण हुन् । सुदर्शनले आफ्ना पछिल्ला कुनै फिल्ममा पूजालाई छुटाएका छैनन् । निर्देशक तथा निर्माता दीपेन्द्र के. खनालले पनि फिल्म 'धनपति' पछि अभिनेत्री सुरक्षा पन्त विना कुनै फिल्म बनाएका छैनन् । 
 
 
'धनपति' पछि दीपेन्द्रले फिल्म 'चंगा चेट' को क्याप्टेनसिप सम्हाले । यसमा पनि सुरक्षाको मुख्य भूमिका थियो । यही साउन ३ गते दीपेन्द्र निर्माता रहेको हरर फिल्म 'घर' रिलिज हुँदैछ । यसमा पनि सुरक्षा प्रमुख भूमिकामा छिन् । दुईको चौथो पटक फिल्म 'आमा' मा पनि टिमअप भएको छ । यो फिल्मलाई दीपेन्द्रले निर्देशन गर्दैछन् । उनले पछिल्ला आफ्ना हरेक फिल्ममा सुरक्षालाई नछाड्नुले फिल्मवृतमा विभिन्न खाले चर्चा-परिचर्चा भइरहेको छ । 
 
केही दिनयता फिल्म 'घर' को प्रचार-प्रसारमा दौडिरहेकी सुरक्षाले निर्देशक खनालको पछिल्ला सबै फिल्ममा आफू दोहोरिनुको कारणबारे बताएकी छन् । उनले ठट्यौली शैलीमा आफूले धेरै पैसा डिमान्ड नगर्ने र धेरै नखरा नगर्ने भएका कारण सहकार्य नटुटेको हुनसक्ने बताइन् । चाँडै फिल्मको छायांकन सकिने, चाँडै रिलिज हुने र काम गर्दा धेरै लफडा नहुने भएका कारण पनि आफूलाई निर्देशक खनालसँग काम गर्न मन लाग्ने उनको भनाई छ । 
 
 
काम गर्न सहज लाग्ने भएका कारण निर्देशक खनालले आफूलाई फिल्ममा नछुटाएको उनको बुझाई छ । उनी भन्छिन्, 'हुनत, उहाँ क्यारेक्टरमा नसुहाउँँदा-नसुहाउँदै जबरजस्ती रुपमा आफूलाई सहज लाग्ने कलाकारसँग मात्र काम गर्ने निर्देशक होइन । सायद म उहाँको फिल्मको क्यारेक्टरमा सुहाउने भएका कारण पनि मलाई दोहोर्‍याउनु भएको होला । उहाँले भोली अर्को फिल्म अफर गर्नुहुन्छ भने पनि गर्छु । उहाँ एकदमै सजिलो हुनुहुन्छ ।' 
Most Visited News (monthly)