

नेपालमा आधाभन्दा बढी छायांकन भएको बलिउड अभिनेता अर्जुन कपूरको एक्सन थ्रिलर फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ बक्सअफिसमा नराम्रोसँग पिटिएको छ । वास्तविक घटनामा आधारित फिल्मलाई दर्शकको साथ मिलेको छैन । पहिलो दिनदेखि नै फिल्मको कमाईले सुस्त रफ्तार समातेको छ । फिल्मको ओपनिङ विकेन्ड कलेक्सन निराशाजनक छ ।

अभिनय राम्रो छ भने फिल्म असफल हुँदा पनि करिअरमा कुनै असर पर्दैन भन्ने एउटा गतिलो उदाहरण बनेकी छन्, अभिनेत्री सुपुष्पा भट्ट । उनले गत वर्ष प्रदर्शनमा आएको फिल्म 'रणवीर' बाट डेब्यू गरेकी थिइन् । यो फिल्मले निर्माताको लगानी त टाढाको कुरा भित्तामा टाँस्नका लागि तयार गरिएको पोस्टरको पैसा समेत उठाएन । तर, यही फिल्मले सुपुष्पालाई डिमान्डेड बनाएको छ ।

अष्ट्रेलिया जानका लागि भिषाको पखाईमा रहेको बेला अभिनेता प्रदीप खड्कालाई निर्देशक सुदर्शन थापाले फिल्म ‘प्रेमगीत’ अफर गरेका थिए । गर्ने/नगर्ने दोधारका बीच फिल्म गर्ने निर्णय लिएका उनी अहिलेका सर्वाधिक डिमान्डेड र महँगा अभिनेताको सूचीमा अग्रणी स्थानमा आउँछन् । आफ्नै लगानीमा फिल्म 'स्केप' बनाएर हिरो बने पनि प्रदीपलाई ‘प्रेमगीत’ ले नेपाली फिल्ममा चकलेटी हिरोको रुपमा स्थापित गरेको थियो ।

सविन श्रेष्ठको खास चिनारी ‘एक्सन हिरो’ को रुपमा छ । डेब्यू फिल्म ‘अन्दाज’ बाट हिट लिस्टमा परेका उनले तीन दर्जन बढी फिल्ममा काम गरिसकेका छन् । ‘रावण’ लगायतका केही सफल फिल्म दिएका उनलाई एक समय नेपाली फिल्ममा आफ्नो बलियो साम्राज्य खडा गर्न सक्ने अभिनेताको रुपमा हेरिएको थियो । तर, उनले आफ्नो साख जोगाइराख्न सकेनन् ।

जेठ १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कप्स’ पृथक विषयवस्तुमा निर्माण भएको निर्देशक सम्राट सापकोटाले बताएका छन् । तीन दशकदेखि अभिनयमा सक्रिय सापकोटाले यो फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्म एक कर्तव्यनिष्ठ प्रहरीको कथामा आधारित भएर बनेको उनले बताए । सरकारको सुरक्षा अंगको विषयमा फिल्म बनाउन निकै चुनौतीपूर्ण हुने पनि उनको अनुभव छ ।

